१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र- २०९०’ निष्कासन गर्ने भएको छ।

बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ। बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन्।

उक्त सम्झौतापत्रमा नेपाल एसबिआई बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८१ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App