६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

उकालिँदै तस्करी, ओरालोमा राजस्व

फाइल तस्बिर।

सर्लाहीमा पछिल्लो समय तस्करीको सुचाङ्क उकालिँदै गएको बेला राजस्वले भने आफ्नो ओरालो यात्रामा जारी राखेको छ। 

निरन्तर दुई वर्षदेखि ओरालो यात्रामा रहेको राजस्व संकल्न यसवर्ष पनि उस्तै छ। सर्लाही भन्सार कार्यालय मलंगवाको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि राजस्व उठ्न सकेको छैन।

चालू आर्थिक वर्षको हालसम्म जम्मा ४२ प्रतिशत राजस्व मात्र संकलन भएको उसले जनाएको छ। गत दुई आर्थिक वर्षदेखि निरन्तर घटिरहेको भन्सार राजस्व चालू आर्थिक वर्षमा झन् घट्ने देखिएको भन्सार कार्यालयको अनुमान छ।

आ.व. २०७७/०७८ मा लक्ष्यको १७६ प्रतिशत राजस्व संकलन गरेको सर्लाही भन्सार कार्यालयले २०७८/७९ मा ८२ प्रतिशत र २०७९/८० मा लक्ष्यको ५३ प्रतिशत मात्र संकलन गर्न सकेको थियो। चालू आर्थिक वर्षको ७ महिनामा सर्लाही भन्सार कार्यालयले ४२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।

गत माघ महिनामा भन्सार राजस्व संकलन गर्ने लक्ष्य ३९७,४३० हजार रहेकोमा सर्लाही भन्सार कार्यालयले यस वर्षको सबैभन्दा बढी ७२ प्रतिशत २८५,४९४ हजार राजस्व संकलन गरेको छ।

फागुन महिनाको २१ सम्मको भन्सार राजस्व संकलन गर्ने लक्ष्य ३०१,३५२ हजार रुपैयाँ रहेकोमा सर्लाही भन्सार कार्यालयले १६७,१७५ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ।

सर्लाही भन्सार कार्यालयको राजस्व लक्ष्यको अत्यन्त न्यून विन्दुमा उठ्नुमा विभिन्न नाका भएर हुने चोरी तस्करीलाई मानिएको छ।

प्रकाशित: २३ फाल्गुन २०८० १५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App