८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कालिकोटको ग्रामीण सडक कालोपत्रे

फाइल तस्बिर

कालिकोटको रास्कोट नगरपालिकाभित्रको ग्रामीण सडक कालोपत्रे गरिएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाको ११ करोड ६० लाख रकमको लागतमा हाम्रो बसना निर्माण जेभी सुर्खेतले गत वैशाख महिनादेखि निर्माण थालेको हो।

१८ महिनामा निर्माण सकिनुपर्ने निर्माण कम्पनी र कार्यालयको सम्झौता रहे पनि बसना निर्माण जेभीले आठ महिनामै ३९ सटरवाला मिनी मार्केट पक्की भवन र ६ सय ६ मिटर सडक कालोपत्रे गरेको हो। ११ करोड ६० लाख रकमै मिनी मार्केट, ६ सय ६ मिटक सडक कालोपत्रे तथा सार्वजनिक शौचालयसमेत निर्माण गरेको कम्पनीका सञ्चालक मानव बमले बताए।

‘पहिलोपटक ग्रामीण सडक कालेपत्रे हुनु गौरवको विषय हो। हामीले प्राविधिक जाँच पासकै आधारमा सडक कालोपत्रे र भवन निर्माण गरेका छौं। पछिल्लो समय यहाँ मात्र हैन देशका विभिन्न क्षेत्रमा निर्माणमा ढिलासुस्ती भइरहेको जन गुनासो आएको बेला हामिले १८ महिनाको समय हो। ८ महिनामै निर्माण सम्पन्न गरेको छौं,’ सञ्चालक बमले भने, ‘नगरपालिकालाई हस्तान्तरण गर्न अनुगमन गरिएको छ।’

रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, जुम्ला आयोजना, राजनितिक दलहरूको संयुक्त अनुगमन गरिएको बमले बताए। एक वर्षसम्म कालोपत्रे उप्केमा निर्माण कम्पनी र आयोजनाले मर्मत गर्ने प्रतिबद्धता समेत गरिएको जनाइएको छ।

पहिलोपटक ग्रामीण सडक कालोपत्रे हुदा यहाँका स्थानीय हर्षित भएका छन्। कर्णाली राजमार्गमा मात्र सडक कालेपत्रे देखेका यहाँका नागरिकहरू गाउँमै सडक कालोपत्रे हुदा विकासको प्रत्यक्ष महसुस भएको स्थानीय जहले दर्जीले बताए। ‘हाम्रो बुवा बाजेको पालामा बर्दियाको राजापुरदेखि पिठ्युँमा भारी बोकर हामिललाई पालेका हुन्,’ उनले भने।

‘हामीले दैलेखको टुनिबगर, राकम, खड्किज्यूलाबाट भारी बोकेर नुन चामल ल्याउँथ्यौ। अहिले घरसम्ममै गाडी चल्छन। हेर्दा हेर्दा गाउँमै सडक कालोपत्रे भयो साच्चिँकै विकास भनेको यही रहेछ देख्न र भोग्न पाइयो,’ जहलेले खुसी हँुदै भने। कर्णालीका १० वटा जिल्लामध्य कालेपत्रे हुनेमा रास्कोट पहिलो हो।

प्रकाशित: २२ पुस २०८० ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App