६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

आयल निगमबाट बिदा भए थानी

नेपाल आयल निगमले गत महिना कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका उमेश प्रसाद थानीको बिदाइ गरेको छ।

निगमले केन्द्रीय कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो।

कार्यक्रममा थानीले आफ्नो कार्यकालमा निगममा सुधारको प्रयासको थालनी गरेको बताए। थानीलाई निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले मायाको चिनो सहित बिदाइ गरेका थिए।

खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थानीले १५ महिना अगावै पदबाट राजीनामा दिएका हुन्।

अधिकांश सरकारी स्वामित्वका संस्थानहरूमा व्यवस्थापकीय नेतृत्वको कमजोरीले घाटामा जाने, धराशायी हुने समस्या देखिरहेको अवस्थामा थानीको कार्य सम्पादन उत्कृष्ट भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको थियो।

थानीको नेतृत्वमा इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब रुपैयाँ बक्यौता चुक्ता र सरकारको ७ अर्ब ऋण तिरेर निगमलाई ऋणमुक्त गराएका थिए। थानीले निगमलाई आर्थिक वर्ष २०७९/८०मा १८ अर्ब नाफा समेत लगेका थिए। कार्यकारी निर्देशक थानीले नेपाल इन्जिनियरिङ एसोसिएसनबाट वेस्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेका थिए।

प्रकाशित: ४ पुस २०८० १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App