६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

घुम्न आएका विदेशीलाई भाइटीका

पोखरामा भाईटीका महोत्सवमा टीका लगाएका विदेशी पाहुना। तस्बिरः नागरिक

पोखरा घुम्न आउने पर्यटकहरु फरक समयमा फरक तरिकाले रमाउन पाउँछन्। असारे रोपाइँ महोत्सवदेखि अंग्रेजी नयाँवर्ष, होली, भाइटीका महोत्सव यहाँ पाहुना रमाउन पाउने केही नियमित कार्यक्रम हुन्। यी बाहेक अरुखाले मेला महोत्सव पनि पोखरामा नियमित जसो भईरहन्छन्, जहाँ विदेशी पाहुना निकै नै रम्न पाउँछन्।

नेपाली संस्कृतिलाई विदेशी पाहुनासामु पस्कने यस्ता महोत्सव विदेशी पर्यटकका लागि निकै रोचकपूर्ण बन्ने गर्छन। त्यसैले त कतिपय पाहुनाहरु यी महोत्सवमा सहभागिता जनाउन पटकैपिच्छे पोखरा आउने समेत गर्छन। व्यावसायीका अनुसार पोखरामा हुने यी महोत्सव विदेशी पाहुना तान्ने आधार पनि बनेका छन्।  

पछिल्लो पटक बुधबार आयोजीत भाईटीका महोत्सवमा पनि विदेशी पाहुनाको उत्साहजनक सहभागिता रहेको व्यावसायीले बताए। बुधबार आयोजित १६ औं भाइटिका महोत्सवमा देश विदेशका ६८ जना पर्यटकले उत्साहप्रद रुपमा सहभागिता जनाएर भाईटीका लगाएको आयोजक होटल संघ पोखराले बताएको छ।

होटल संघ पोखराले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागि भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। अमेरिका, अष्ट्रेलिया, इजरायल, वेलायत, जापान, डेनमार्क लगायत देशका पर्यटकले टीका लगाएका थिए। ‘संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं’ भन्ने नाराका साथ संघले तिहारका अवसरमा वर्षेनी भाईटीका महोत्सव गर्दै आएको छ।

‘पोखरामा विदेशी पाहुना आकर्षण गर्ने माध्यमको रुपमा पनि भाईटीका महोत्सव बनेको छ,’ संघका अध्यक्ष सुवेदीले भने, ‘कतिपय पाहुना यी महोत्सवका कारण पनि दोहो¥याएर पोखरा आएको पाएका छौं। यो महोत्सवमा रमाउन पाउँदा विदेशी पाहुना निकै नै रमाउने गरेका छन्। उनीहरुका लागि यी महोत्सव नितान्त नौलो हुने गरेका छन्।’  

लेकसाइडस्थित होटल ल्याण्डमार्कमा बुधबारको भाईटीका महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए। टिका र माला लगाएपछि टोपी, सल र सेलरोटी लगायतका उपहार पर्यटकलाई छात्राहरुले दिएका थिए। छात्राहरुले महोत्सवमा देउसी भैलो गीत गाएर पाहुनालाई नाचगान देखाएका थिए। रमाइलो मान्दै पर्यटक पनि उनीहरुसँगै रमाएका थिए। दाजुभाई र दिदीबहिनीबीचको सम्बन्ध कस्तो हुन्छ भनेर बुझाउने अवसर पनि यो महोत्सव भएको उनले बताए। चिल्ड्रेन होममा बसेका छात्राहरुले आफ्ना दाजुभाई नहुँदाको खिन्नता पनि यो महोत्सवमा विदेशीलाई टीका लगाएर मेट्न पाएको उनले बताए।  

संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न यस्ता कार्यक्रम आवश्यक पर्ने अध्यक्ष सुवेदीले बताए। नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्न पनि यस्ता महोत्सवले सघाउने उनले बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्य पनि महोत्सवले लिएको उनले बताए।  

‘नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने माध्यम पनि यस्तै महोत्सव बनेको छ,’ उनले भने, ‘आगामि दिनमा पनि यस्तै कार्यक्रम नियमित गरेर पोखरामा पाहुना भिœयाउन सघाउ पुग्नेछ।’ कोभिड–१९ संक्रमण लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै पर्यटन पुनरुत्थानमा समेत महोत्सवले सघाउने अध्यक्ष सुवेदीले बताए।

महोत्सव संयोजक एवं संघकी सचिव पार्वता पाण्डेले हरेकवर्ष हुने यस्ता महोत्सव पोखरामा विदेशी पाहुना तान्ने माध्यय बन्ने गरेको बताईन। पोखरामा आएका पाहुना यो महोत्सवमा रमाउनका लागि एकदिन भएपनि बढी बस्ने गरेको समेत उनले बताईन। पोखरामा विदेशी पाहुनाको बसाई अवधि बढाउने माध्यम यो महोत्सव भएको उनले बताईन।  

प्रकाशित: ३० कार्तिक २०८० ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App