५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

एनटी फाइबर सेवाका प्याकेजमा प्रोमोसनल अफर

नेपाल टेलिकमले असोज २५ गतेदेखि लागु हुने गरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ।

अफरअन्तर्गत सेवाग्राहीको अत्यधिक रुचि देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्ने गरी व्याण्डविथमा बढोत्तरी गरिएको टेलिकमले जनाएको छ।

सेवाग्राहीको रुचि र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको हो। अफरमा हाल १० एमविपिएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमबिपिएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नेछन्।

यसैगरी ४० एमबिपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकले सोही मूल्यमा अबदेखि १०० एमविपिएसको सेवा प्राप्त गर्नेछन्। हाल ८० एमविपिएस सेवा लिइरहनु हुने सेवाग्राहीलाई पुरानै दरमा १५० एमबिपिएस गतिको सेवा उपलब्ध हुनेछ। यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसी लिमिटलाई समेत बढोत्तरी लगायतका सुविधा प्रदान गरिएको छ।

प्रकाशित: २४ आश्विन २०८० ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App