१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

वीरगन्जमा आर्थिक पत्रकार संघ

वीरगन्ज- वीरगन्ज क्षेत्रका आर्थिक पत्रकारहरु संगठित भएका छन् । शुक्रवार सम्पन्न एक भेलाले ‘इकोनोमिक रिपोर्टरर्स एशोसिएशन’ (इआरए) अर्थात आर्थिक पत्रकार संघ गठन गरेको हो।

नागरिक दैनिकका वीरगन्ज सम्वाददाता रितेश त्रिपाठीको संयोजकत्वमा गठन भएको संघमा कान्तिपुरकर्मी शंकर आचार्य, आर्थिक अभियान दैनिकका वीरगन्ज क्षेत्रीय ब्युरो ओमप्रकाश खनाल, अन्नपुर्णपोष्ट दैनिकका सम्वाददाता क्रान्ति साह, कारोबार दैनिकका सम्वाददाता निरज पिठाकोटे मगर, इमेज टेलीभिजन तथा सेतोपाटी अनलाइन पत्रकाका सम्वाददाता अनिल तिवारी, प्रतीक दैनिक, पहिलोपोष्ट तथा बिजमाण्डुका सम्वाददाता राधेश्याम पटेल, माउन्टेन टेलिभिजनका वीरगन्ज प्रसारण केन्द्रका सम्वाददाता सत्यराज घिमिरे, बिबिसि नेपाली सेवा कि सम्वाददाता माधुरी महतो, नयाँ पत्रिका दैनिकका सम्वाददाता शुरेश बिराडी र एपिवन टेलिभिजनका सम्वाददाता जियालाल साह आबद्ध छन् ।

आर्थिक बिषयका बिविध सूचनाको आदानप्रदान, उच्च महत्वका बिषयमा एकीकृत प्रयास, स्थलगत रिपोर्टिङ, आम सरोकारका विषयहरुमा पत्रकारिताको माध्यमले साकारात्मक हस्तक्षेप, सरोकारवालासंग अन्तरक्रिया तथा संवाद र पत्रकारहरुको क्षमता विकासजस्ता कार्य संघले गर्ने संयोजक त्रिपाठीले बताए।

संघको मार्गनिर्देशक अवधारणापत्रलाई मुर्त रुप दिन पत्रकार खनालको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको छ। शुत्रलवार भएको भेलाले ‘समृद्धिको लागि विकास तथा आर्थिक पत्रकारिता अभियान’ भन्ने नारा समेत संघको लागि तय गरेको छ। संचार राजनीतिमा वा फरक उदेश्यको लागि संस्थाको कुनै संलग्नता नरहने यसका सदस्यहरुले जनाएका छन् ।

प्रकाशित: २७ आश्विन २०७४ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App