६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

साढे ६ लाख नेपालीले श्रम स्वीकृति लिए

चालु आर्थिक वर्षको १० महिनामा साढे ६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्। गत साउन यता ५ लाख ९७ हजार ६ सय ७४ जना पुरुष र ५९ हजार २ सय ६९ महिला गरी कुल ६ लाख ५६ हजार ९ सय ४३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

कोभिड सुरु भएपछि सुस्ताएको वैदेशिक रोजगारीमा जानेको संख्याले यो वर्ष पुनः नयाँ कीर्तिमान राखेको छ। विदेशबाट श्रमिकको माग बढ्दा यो वर्षका केही महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजार बढी पुगेको थियो।

चालु आर्थिक वर्षको १० महिनामा साढे ६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्।

वैशाख महिनामा ५४ हजार ४५७ जना युवाले विदेश जान श्रम स्वीकृति लिएका छन्। जसमध्ये ४ हजार ९४८ जना महिला र ४९ हजार ५०९ जना पुरुष श्रमिक छन्। चैत महिनामा मात्रै ६१ हजार ४७८ जना नेपाली युवा श्रमका लागि स्वीकृति लिएर विदेश गएका थिए।

विदेश जान नेपालीले एकै दिन साढे दुई हजारसम्म श्रम स्वीकृत लिएका थिए तर पछिल्लो समय यो संख्या घटेको छ।

गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ३९, कात्तिकमा ७८ हजार ३ सय ७०, मंसिरमा ६८ हजार ५ सय ६४, पुसमा ६५ हजार ४ सय ६४, माघमा ६४ हजार २ सय ८४ जना र फागुनमा ६१ हजार ८ सय ४५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ। यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको संख्या हो।

विदेश जान नेपालीले एकै दिन साढे दुई हजारसम्म श्रम स्वीकृत लिएका थिए तर पछिल्लो समय यो संख्या घटेको छ।

वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्यांकअनुसार वैशाख महिनामा मलेसियाका लागि १४ हजार ६ सय ३७ जनाले श्रम स्वीकृति लिएका छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या खाडी देशबाट मलेसियातिर बढ्न थालेको थियो।

हाल आएर त्यहाँ जाने युवाको संख्या कमी आएको छ। वैशाखमा कतारका लागि १० हजार २ सय ३० जनाले श्रम स्वीकृति लिएका छन्। त्यसैगरी, युनाइटेड अरब इमिरेट्समा (युएई) मात्र ९ हजार ४ सय ८३ जना श्रमका लागि गएका छन्। साउदी अरबमा ८ हजार ६ सय ८१ जना पुगेका छन्।

विभागको तथ्यांकअनुसार वैशाख महिनामा मलेसियाका लागि १४ हजार ६ सय ३७ जनाले श्रम स्वीकृति लिएका छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या खाडी देशबाट मलेसियातिर बढ्न थालेको थियो।

कोरिया जान एकै महिनामा २ हजार ५ सय ७४ जनाले र कुवेतका लागि २ हजार ११० जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ६ सय ६, जापानमा ८ सय १७, बहराइनमा ५ सय ५, पोल्याण्डमा ६ सय ३५, साइप्रसमा ४ सय ६० ओमानमा ३ सय ५० र मकाउमा ३ सय २३ जना नेपाली रोजगारीका लागि गएका छन्।

वैदेशिक रोजगारीमा जानेको संख्यासँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ। चालु आवको नौ महिनामा नौ खर्ब तीन अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

प्रकाशित: २१ जेष्ठ २०८० ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App