५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषी, पशुपालन र उद्यम व्यवसाय प्रवद्र्धन गर्न प्रर्दशनी मेला

बडीमालिका नगरपालिका ७ ले उत्पादन बस्तुभाउ र सामानको प्रर्दशनी गरेको छ।वडामा उत्पादन भएका कृषीजन्य र पशुपन्छी तथा स्थानीय उद्यमबाट उत्पादीत सामाग्रीको प्रर्दशनी गरेको हो।  

कृषी, पशुपालन र उद्यम व्यवसाय प्रवद्र्धन गर्न मेला आयोजना गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन्।कृषि ज्ञान केन्द्र, जिल्ला भेटेनेनरी अस्पताल तथा पशु विकास सेवा केन्द्रसँगको सयुक्त सहकार्यमा वडाले मेला आयोजना गरेको हो।

बडीमालिका नगरपालिकाले ७लाई कृषि तथा पशुपालन उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ। बडीमालिका ७ ढम्कनेलाई आलु खेतीका लागि राजधानी नै मानिन्छ।यस अघि आलु महोत्सव समेत आयोजना गरिएको थियो।  

स्थानीयले उत्पादन गरेका कृषिजन्य सामाग्री, पशुपंक्षी, उद्यम विकासका उत्पादन सामाग्रीको प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको नगर उपप्रमुख नन्दाकुमारी थापाले बताइकी छन्।कृषि र पशुपंक्षी क्षेत्रको विकास नै प्रमुख सवाल बनाएर पालिकाले काम अघि बढाएको उपप्रमुख थापाको भनाई छ।  

थापाले नै प्रर्दशनी मेलाको उद्घाटन गरेकी हुन् । कृषि ज्ञान केन्द्र र पशु सेवा कार्यालयका तर्फबाट किसानहरुलाई प्रशिक्षण समेत गरिएको थियो । स्थानीयले हातले निर्माण गरेका सामाग्रीको पनि पनि प्रर्दशन गरेका थिए।  

स्थानीय रैथाने बालिको प्रर्वद्धन गरि उत्पादन बढाऔ, पौष्टिक आहार खाउँ र रैथाने बाली क्षेत्र विस्तार गरि आम्दानी बढाऔ भन्ने मुल नारा दिएर प्रर्दशनी मेला आयोजना गरिएको हो।किसानलाई हौसला, कृषी तथा पशुपालन व्यवसायको प्रवद्र्धन र संरक्षण गर्ने लक्ष्य सहीत कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन्।

बडीमालिका ७ ले कार्यक्रम हरेक वर्ष आयोजना गर्ने गरेको छ । वडाका भित्रका स्थानीय मेला पर्वका झाँकीहरु, सचेतना मुलक देउडा गीत पनि प्रर्दशन गरिएको थियो । प्रर्दशनीमा स्थानीयले रैथानै वाली तरकारी, अन्नवाली फलफूल र मसालाबाली राखिएका थिए।  

यसैगरी बस्तुभाउ स्थानीय जातका भैंसी, गाई बाख्रा, भेडाच्याङ्ग्रा राँगो, पशुपंक्षि, कुखुरा, हाँसहरु पनि प्रर्दशनीमा राखिएको थियो। प्रर्दशनी स्थलमै कृषि ज्ञान केन्द्रका मिनप्रसाद जैशी र पशु सेवा कार्यालयका सिद्धराज जैशीले व्यवसाय प्रवद्र्धन शिक्षा दिएका थिए ।  

हस्तकला तर्फ डोका,डाला, नाम्ला, निगालोले बुनेका सामानहरु भेडाको ऊनबाट बुनेका राडी पाखी लेउ सुईटर लगायतका सामाग्री र काठबाट बनाईएका कृषी औजार देखी भाडाकुठा पनि प्रर्दशनमा राखिएको थियो।

आफ्नो उत्पादनलाई माया गर्ने र उत्पादनमा बढावा दिने गरि कार्यक्रम गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् । बेरोजगार दर घटाउने प्रमुख उपाय नै कृषी व्यवसाय नै हो, भन्ने निष्कर्ष सहीतको कार्यक्रम उपलब्धी मुलक र सिकाइ योग्य देखिएको जैशीको भनाई छ।  

वडा भित्र ११ वटा महिला समूहले कृषी उत्पादन गरेका सामाग्री प्रर्दशनमा राखिएकोमा ती सबै समूहका तर्फबाट देउडा गीत पनि लगाइएको थियो।१ सय ४७ जातका रैथाने वाली, १० प्रकारका हाते सामाग्री समेत प्रर्दशन गरिएको थियो।बडीमालिका ७ को ढम्कनेमा आधुनिक आलु खेतीको विस्तार गर्नसके जिल्लालाई पुग्ने आलु उत्पादन हुने अवस्था छ।  

प्रकाशित: ५ जेष्ठ २०८० १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App