६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

शिवम् सिमेन्टको मेगा लक्की-ड्र सम्पन्न

शिवम् सिमेन्टको ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की-ड्र सम्पन्न भएको छ।

नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्रअन्तर्गत भाग्यशाली उपभोक्तातर्फ ३० जना तथा बिक्रेतातर्फ ३० जना गरी ६० जना विजेताहरूको नाम लक्की-ड्र मार्फत सार्वजनिक गरिएको छ। जस अन्तर्गत उपभोक्तातर्फ ४७ तोला र बिक्रेतातर्फ ४७ तोला सुन उपहार राखिएको थियो।

बुधबार सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती-पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरीले ५/५ तोला सुन प्राप्त गरेका छन्।

दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३/३ तोला सुन जितेका छन्। त्यस्तै तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि, हेल्थ एण्ड हाइजनिक प्रालि, अरूण यादव तथा मनोज यादव गरी ६ जनाले २/२ तोला सुन जित्न सफल भएका छन्। साथै चौथो पुरस्कारबापत ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् ।

प्रकाशित: ५ चैत्र २०७९ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App