६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारणसभा

शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो।

सभामा आव. २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसहितका प्रस्ताव पारित गरेको छ।

सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना सञ्चालकहरू निर्वाचित गरेकोमा सभास्थलमा बसेको नवनिर्वाचित सञ्चालकहरूको बैठकबाट सञ्चालक गौरव गोयललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ।

साथै सोहीसभाबाट सञ्चालक समितिले नियुक्तिका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरेबमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्तिको अनुमोदन समेत गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरेको छ।

उक्त सभाबाट आव २०७८।०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आ व २०७९।०८० को आयव्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरीक्षकमा नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गर्नुका साथै कम्पनीमा आवद्ध रही उत्कृष्ट कार्य सम्पादन गर्ने केही कर्मचारीहरूलाई पुरस्कृत गर्ने कार्य समेत गरेको थियो।

प्रकाशित: २ माघ २०७९ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App