१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

जुम्लाका युवा बेमौसमी तरकारी खेतीप्रति आकर्षित

जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ। खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन्। हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन्। जुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ। अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ।

तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन्। अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा देखिएको छ। प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि जिल्लामा उत्पादन पनि बढ्दै गएको छ।

तिला  गाउँपालिका–१ अर्जुन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन हुन थालेको बताए। बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको बुढाको भनाइ छ। जुम्लाका ८ वटै स्थानीय तहका स्थानीयावासीले घरघरै प्लाष्टिक टनेल निर्माण गरिएका छन्। घरमै आफैँ उत्पादन गरेको तरकारीले घरमा खानेदेखि बजारमा बिक्री हुने भएकाले यस समयमा यहाँका किसान तरकारी खेतीमा आकर्षित हुँदै आएका छन्।

उनका अनुसार प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन गर्न गाउँका स्थानीयवासीको प्रतिस्पर्धा हुने गरेको छ। तरकारी खेती गर्न थालेपछि किसानको आम्दानीको स्रोतदेखि ग्रामीण भेगका महिलाको व्यक्तिगत विकासदेखि जीविकापार्जनमा मद्दत पुगेको गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी मल्ल ९भण्डारीले०बताइन्।

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको ग्रामीण क्षेत्रका किसान बेमौसमी तरकारी खेतीमा लागेकको स्थानीयवासी बताउँछन्। प्लाष्टिक टनेलमा उत्पादन भएको साग सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा  स्थानीयवासीको आकर्षण बढेको उपाध्यक्ष भण्डारीको भनाइ छ।

मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको छ। बारीमा आएर साग, धनियाँ, टमाटर र गाँजर किन्न आउने गरेका किसान मिना बुढा बताउँछन्। प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा १५ रूपैयाँदेखि २० रूपैयाँमा बिक्री हुने गरेको छ। स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गरिरहेका छन्।

मंसिरदेखि फागुनसम्म तरकारीका बिरूवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको कृषकहरू बताउँछन्। नेपालगञ्ज र सुर्खेतबाट आउने तरकारीको मूल्य २ सय ५० भन्दा माथि छ। स्थानीयस्तरमै तरकारी उत्पादन बढ्दै गएपछि जिल्ला बाहिरको तरकारी कम भित्रिन थालेको छ ।

प्रकाशित: १५ पुस २०७९ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App