६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

मेगा बैंकको सिइओमा पोखरेल

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले यही पुस ९ गतेदेखि लागु हुने गरी पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो। 

विगत २७ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापक मध्ये एक हुन्। बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गरेका पोखरेल बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सिइओ भएका हुन्। नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रूपमा करिब तीन दशकअघि करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बन्नुभएका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि प्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत समेत भइसकेका छन्।

प्रकाशित: १३ पुस २०७९ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App