२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

मर्जरसम्बन्धी स्वीकृति दिँदै ग्लोबल आइएमई बैंकको साधारणसभा

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

साधारणसभाले आइएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो।

साधारणसभाले आइएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।

साधारणसभाले बैकको अधिकृत पुँजी २५ अर्ब रूपैयाँलाई वृद्धि गरी ५० अर्ब रूपैयाँ पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको जनाएको छ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको जनाएको छ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रूपैयाँ र करपछिको मुनाफा ४ अर्ब ९५ करोड रूपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रूपैयाँ पुग्ने बताएको छ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए।

प्रकाशित: २५ मंसिर २०७९ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App