६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएका छन्ः गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताएका छन्।

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताएका हुन्।

उनले सबै मन्त्रालयले नयाँ कुराहरु लिएर आएको भन्दै गृह मन्त्रालय अन्तर्गत प्रहरी कर्मचारीको निवृत्तिको समयलाई पुनरावलोकन गर्ने र बढुवा अनुमानयोग्य बनाउने कुरा नयाँ भएको बताए।

खुला कारागारको कुरा पनि नयाँ भएको उनको भनाइ छ। गृहमन्त्री लामिछानेले नीति तथा कार्याक्रम कार्यान्वयनमा गएपछि मात्रै थप भन्न सकिने प्रतिक्रिया दिए।  

प्रकाशित: १ जेष्ठ २०८१ १९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App