१६ वैशाख २०८१ आइतबार
image/svg+xml
Rejina Pandey
रेजिना पाण्डे


रेजिना पाण्डेका लेखहरु :

सेतो रङसँग औधी डर!

रङ पनि समयअनुसार बदलिँदो रहेछ। रङका पनि आफ्नै कथा हँुदारहेछन्। मौसमअनुसार रङले पनि भेदभाव गर्दो रहेछ।कसैका लागि यही सेतो रङ स्वच्छताको प्रतीक बन्छ भने समयले कहिलेकाहीं यही रङलाई अभिशाप बनाउँछ।

भुसेचुल्होदेखि इन्डक्सनसम्म

मेरी हजुरआमा बिहान सधैं चार बजे उठ्थिन्। घरको सरसफाइ गर्थिन् अनि नुवाइधुवाइ गरेर दैलोमा चामलको पिठोले रेखी हालेर दैलो सजाउँथिन्। दैलोमा बत्ती बाल्थिन्। तामाको दियोमा बालिएको प्रकाशले घर नै उज्यालो हुन्थ्यो। नित्यकर्म, पूजापाठ, भजनका कारण घर नै संगीतमय हुन्थ्यो।

द्रौपदी कोसँग सन्तुष्ट थिइन्?

द्रौपदी राम्री र मिठो भएकै कारण मन थाम्न नसकेर उनीहरूले बाँडीचुँडी खाएको हुनुपर्छ। म यसो सोच्छु, त्यो फल मिठो नभएको भए वा कुनै खोट भएको भए उनीहरूले खान्थे कि खाँदैनथे? जे होस्, पाँच पुरुषले द्रौपदीबाट सन्तुष्टि लिइरहे।

साहित्यमा यौनिकता

यौन पौराणिक कालदेखि सिर्जनात्मक विषय बने पनि हाम्रो सङ्कुचित मानसिकताका कारण खुला बहसको विषय बन्न सकेन। यो पूर्णतः गोप्य वा अगोचर पनि बन्न सकेन। सधंै विवादको विषय बनिरह्यो।

बदलिंदाे दसैं

अहिले दसैं मनाउने तरिका बदलिएको छ। विगत केही वर्षयता दसैंमा घरमा भन्दा आफ्नो एकल परिवार लिएर घुम्न जाने चलन बढ्दै छ। एकै साथ सबैले लामो बिदा पाउने भएकाले पनि दसैंलाई घुमेर सदुपयोग गर्नुपर्ने धारणा बढ्दै छ।

तीजको भड्किलो अवतरण

तीजको मुख्य आकर्षण नै व्रत हो। आफ्नो स्वास्थ्यलाई असर नपर्नेगरी कोही व्रत बस्छ र आफ्नो धर्मअनुसार पूजापाठ गर्छ भने आलोचना गर्ने अधिकार कसैलाई छैन। हामीलाई पुर्खाले धर्मकर्म गर्न सिकाएका छन्। पुर्खाले छाडेको संस्कारलाई सन्ततिले संरक्षण नगरे कसले गर्छ ?

निःसन्तान आमाको मनोदर्द

कति महिलाबाट सन्तान भएनन्, कतिले सौता खेप्नुपर्‍यो। सन्तान जन्माउने आशामा एउटै घरमा तीनवटीसम्म श्रीमती भित्र्याइएको यथार्थ हाम्रैसामु पारदर्शी नै छ तर सन्तान भएन भनेर एउटी महिला कुनै पुरुषसँग गएको कथा पाइन्न ।

आमाको आँसु

मैले हजुरआमाले रातो र रङ्गीन कपडा लगाएको कहिल्यै देखिनँ। जहिले पनि उही फुस्रो कपडा र रङ उडेको अनुहारमा देखिनुहुन्थ्यो। जीवनको अन्तिम समयसम्म शाहाकारी खाना नै खानुभयो। लोग्ने मरेकाले माछामासु खानुहुँुदैन भन्ने परम्परा थियो ।

मैनजस्तै छन् सम्बन्ध

जिन्दगी खुसीले बाँच्चका लागि विवाह गरिन्छ। त्यही विवाहमा धन, क्यारियर, यातना, देखावटी विवाद र गरिबी भएपछि सम्बन्धहरू टुट्छन्। तर यही विवाह र सम्बन्धका कारण सुन्दर जीवन जिउनेहरू पनि धेरै छन्।

भाग्यमानी मृत्यु

कोरिया गएको छोरो आफ्नो लास जलाउन आइपुग्छ कि भन्ने थियो बुढी आमालाई तर उल्टो भयो। उसको लास नै बाकसमा आयो। सपना देखाएर हिँडेको छोरो सपना मारेर आयो, आधा बाटोमै जिन्दगी बिसाएर आयो।

जीवन एक सपना अनेक

मान्छेको सृष्टि अपार छ। मान्छेले हरेक कुरामा प्रश्न खोज्छ। हामी जन्म लिन्छौं, हुर्कन्छौं, स्कुल जान्छौं, जागिर खान्छौं, घर किन्छौं, सपनाहरू पूरा गर्न लडिरहन्छौं। आफ्नालाई घृणा गर्छौं। आफन्तलाई चोट पुर्‍याउँछौं।

महिला भर्सेस महिला

केही दिन अगाडि बसमा एकजना भर्खरकी केटी सिटबाट उठ्दा कपडाभरि रगत लाग्यो र सिटमा रगत देखेपछि हत्तपत्त सिटमा बस्न खोजेकी महिला कराइन्, ‘के गरेर हिँडेको बेइज्जती आइमाई। लाज पनि छैन।’ ती केटीलाई सबैले हेरे। उनी भुइँमा हेर्दै हिँडिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्