२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सुभाष घिमिरे


सुभाष घिमिरेका लेखहरु :

आज बालुवाटार रिसाएको छ !

‘चुनाव त आओस्, यिनलाई ठीक पारिन्छ, भ्रष्टहरू ! हुँदाहुँदा यात्रा संकटाँसमेत खाने ?’ बेलुका तरकारी किन्न निस्कँदा करिब ६० वर्षीया बूढीआमाले रिस पोखिन्। अनि सँगै साग बेच्न बसेका अर्का दाजु भन्दै थिए– के गर्नु बाबु, यिनले हामीलाई मार्ने भए !

मिसेलको प्रेमकथा

ओबामा परिवार सिकागोको ग्र्यान्ट पार्कतर्फ जाँदै गर्दा गाडीभित्र जेठी छोरी मालियाले सोध्छिन्, ‘बाबा, तपाईंको यो खुसी मनाउन कोही आउलान् जस्तो छैन। सडकमा कोही छैनन् त !’ जब कि निर्वाचित राष्ट्रपतिको सवारीका लागि सडक पूरै खाली गरिएको थियो र पार्कमा लगभग साढे दुई लाख मानिस जम्मा भइसकेका थिए।

कफी प्रतिबन्धले झन्डै सत्ताच्यूत !

आजकाल युवकयुवतीको ‘डेटिङ’देखि व्यावसायिक मिटिङसम्म कफीको प्रस्तावबाट सुरु हुन्छ । तर यो तीतो पेयको सफलताको रमाइलो यात्राबारे धेरै कमलाई मात्र थाहा छ । आउनोस्, आज एकैछिन कफीका कुरा गरौँ ।

‘फकाउँछन्, लोभ्याउँछन्, नभए धम्की दिन्छन्’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ‘नागरिक फ्रन्टलाइन’ को प्रत्यक्ष कुराकानीका लागि गत माघ १६ गते बेलुका ७ बजे हाम्रो कमलादीस्थित स्टुडियोमा सजिलै आउने वचन दिए। उनी साढे ६ बजे नै आइपुगे। सँगै चिया खायौं। गफ ग-यौं। अन्तर्वार्ताअघि मेकअप गर्नुपर्ने थियो। त्यसका निम्ति पनि उनी सजिलै तयार भए।

देशले दिएन!

‘मैले देशको लागि यत्रो दिएँ । तर, देशले केही दिएन । मेरो महत्व बुुझेन राज्यले ।’ पूर्वखेलाडी, कलाकार, साहित्यकार, पत्रकार र परदेशमा पनि बस्ने नेपालीहरूबाट यस्ता गुनासा धेरै सुनिन्छन्।

हिसाब हराएको मेरो देश

हाम्रा गाउँ–घरतिर भनाइ छ— हिसाब भने’सि पिसाब ! जब परीक्षा आउन थाल्छ अनि गणित पढाउने सरले विद्यार्थीलाई वरिपरि राखेर दुई–चारवटा हिसाब सिकाउँछन्। कक्षा ४ मा पढ्ने २५ प्रतिशत हाम्रा विद्यार्थीले दोहोरो अंक गन्न पनि सक्दैनन्। गणितको परीक्षाको दिन गाउँका स्कुल, विद्यार्थी र सरहरू पीडामा हुन्छन्।

एसियाकै दोस्रो!

बुढानीलकण्ठ स्कुलमा पढ्दा सबैले भन्थे- यो स्कुल एसियाकै दोस्रो ठूलो आवासीय विद्यालय हो। अनि महाराजगञ्जस्थित शिक्षण अस्पताल र पुल्चोकको इन्जिनियरिङ क्याम्पस पनि क्रमशः एसियाकै दोस्रो उत्कृष्ट संस्थाहरू। कञ्चनपुरको १.४ किमि लामो दोधारा चाँदनीको झोलुंगे पुल एसियाकै दोस्रो लामो। एसियाकै दोस्रोको फेहरिस्त हामीकहाँ लामै छ। जलविद्युत्मा त झन् संसारकै दोस्रो धनी।

दा भिन्ची : समलिंगी थिए ?

पाँचसय ६५ वर्ष अघि फ्लोरेन्स सहरबाट करिब २७ किलोमिटर पश्चिमको भिन्ची गाउँमा गरिब परिवारकी १६ वर्षिया क्याटरिना लिप्पिको कोखबाट जन्मिन्छन् लिओनार्दो दा भिन्ची । लिओनार्दो जन्मिएको केही समयपछि क्याटरिनाका पिता पिएरोले उनको विवाह एउटा सामान्य किसानसँग गराइदिन्छन् ।

चीनको शंका कायमै

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई भित्रैदेखि समर्थन गर्छ भन्नेमा चिनियाँ अधिकारीहरूमा प्रशस्त दुविधा देखिएको छ । अघिल्लो साता कुन्मिङ र बेइजिङमा भएका अन्तरक्रियामा सहभागी चिनियाँ अधिकारीहरूले यस्तो आशंका गरेका हुन् ।

जिम्मेवारीविहीन जिम्मेवार

‘तपाईँले लेखेर के हुन्छ, मसँग दुई÷तीनवटा सरकारी गाडी छन्, चढ्न छाड्दिन क्यारे !’ निर्वाचन आयोगका एक सदस्यले हालसालै हाम्रा संवाददातासमक्ष रिस पोखे । हामीले निरन्तर निर्वाचन आयोगको विलासी गाडी खरिद प्रकरणबारे समाचार लेखिरहँदा माननीय सदस्यहरु भने लोकलाजै पचाएर सकेसम्म राष्ट्रिय ढुकुटी दोहनमै ब्यस्त छन् । उता अर्बांै खर्चमा सयौँ सरकारी कर्मचारी स्वर्ण जयन्ती भलिबल प्रतियोगिता जस्ता कार्यक्रममा मन्त्रालयबाट लर्को लागेर जाने क्रम केहीहदसम्म अहिलेलाई रोकिए पनि यो रोग यति छिटै निको हुने छाँट भने छैन । एकजनाले ट्विटरमा व्यंग्य नै गरे– अदालतको आदेश त पालना नहुने देशमा त्यस्ता ‘सानातिना’ कुरा भइरहन्छन् ।

नुनबहादुरहरू जिन्दाबाद!

आवाज सुनिन थालेका छन् :  खसआर्य अस्ति भर्खर आएर यहाँका रैथानेलाई शोषण गरेर बसेका हुन्। पृथ्वीनारायणले युद्धमा मानवअधिकारको उल्लंघन गरे। निकै हास्यास्पद तर्क छन् यी।

पूर्वराष्ट्रपतिको गनगन

अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रपतिको पदावधि जनवरी २०१७ मा सकिएपश्चात् कस्तो काममा लाग्ने गहन छलफलमा जुटेका छन्? अन्य पूर्व राष्ट्रपति जस्तै ओबामा पनि एउटा फाउन्डेसन खोलेर काला जातिका समस्या समाधानमा विशेष भूमिका खेल्नेबारे चर्चा भइरहेको छ। कसैले त अमेरिकाको अनुसन्धान केन्द्र मानिने सिलिकन भ्यालीमा उनलाई काम गर्न पनि सल्लाह दिँदैछन्।

५८०

''आजदेखि तिम्रो नाम ५८०।'' मोटो कालो फ्रेम भएको चश्मा, सेतो कपाल र छोटो कदका छत्रराज शाक्य सरले मलाई २०५२ फाल्गुण महिनामा बूढानीलकण्ठ स्कूलको विशाल चौर अगाडि भनेका ती शब्दहरु आजै जस्तो लाग्छ।यो ५८० चाहिँ किन नि? मलाई धेरैले यो प्रश्न गर्छन्। मेरो इमेल, ट्

रात्रिकालीन निर्णय प्रथा

जंगबहादुरले मामा माथवरसिंह थापालाई कोतपर्वमा हत्या गरी आफू प्रधान मन्त्री तथा 'कमान्डर इन चिफ' भएको एक सय ७० वर्ष टेकेको छ। छिप्पिएको रातमा भएको सो काण्डले नेपाली इतिहासको रेखा नै बदलिदियो।कोतपर्वमात्र नभई राणाकालीन समय र राजा–महाराजाका भेलामा हुने हतारिल

नेपाललाई धन्यवाद : म्यागी डोयन, सिएनएन हिरो २०१५

काठमाडौं—'नेपाललाई धन्यवाद दिन्छु जसले मलाई छोरीका रूपमा स्विकार्यो र स्वागत गर्यो,' सिएनएन हिरो–२०१५ की उपाधि विजेता अमेरिकी युवती म्यागी डोयनले भनिन्। २८ वर्षीया म्यागीले नेपालमै गरेको कामका आधारमा सिएनएन हिरो अवार्ड जितेकी हुन्। यसअघि सन् २०१० मा अनुरा

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्