१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

खेलौं अब हिलो

बालकविता

रमेशचन्द्र घिमिरे

साह्रो माटो साउँदासाउँदै भइसकेछ गिलो,

त्यही गिलो बटुलेर खेलौं अब हिलो।

बाउसे दाइले कुना खने आली लगाई भ्याए,

हली दाइले हल फुकाए रोपारेले गाए।

हामी पनि त्यतै जाऔं नगरेर ढिलो,

नुहाऔंला बरु भरे खेलौं अब हिलो।

मंसिर ल्याउन असारमै मौका छोप्नुपर्छ,

खेतमा गई छुपुछुपु धान रोप्नुपर्छ।

त्यसैत्यसै किन तिमी मान्छौ असजिलो,

फेरि मौका आउँदैन खेलौं अब हिलो।

प्रकाशित: १६ असार २०७९ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App