१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

काठमाडौंमा 'मिसेस नेपाल वर्ल्ड' आयोजना हुँदै

रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता 'मिसेस नेपाल इन्टरनेसनल' नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको छ। 

सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस नेपाल वर्ल्डको रूपमा आयोजन हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ।

यस वर्ष मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासंगै यस कार्यक्रमको बिजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्। यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एम.एस. नेपाल इन्टरनेसनल गरी तीन जना बिजेताहरुको छनोट गर्ने छ।

यसैगरी मिसेस इन्टरनेसनल नेपाल तथा एम.एस. नेपाल इन्टरनेसनलका बिजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम.एस. इन्टरनेसनलमा सहभागिता जनाउने छन्।  

यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ।  

विगतको वर्षहरुमा झैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी बिजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले 'क्यान्सरविरुद्धको जनचेतना अभियानलाई' वर्षको मुद्दा बनाएको छ।  

यसअघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले क्रमसस् उपाधी जितेका थिए। मिसेस इन्टरनेसनलमा यसअघि नेपालबाट सुरुचि पाण्डे, एलाईजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधिहरु जित्दै नेपाल र नेपालीको प्रतिष्ठा बढाएका छन्। 

मिसेस नेपाल इन्टरनेसनल २०१८ कि बिजेता चन्दा थापा गिरीले मिसेस इन्टरनेसनलमा 'मिसेस एशिया प्यासिफिक २०१८' को ताज जित्न सफल भएकी थिईन्। यसैगरि एम.यस. इन्टरनेसनलमा नेपालको तर्फबाट संगीता बस्यालले सहभागिता जनाएकी थिईन्।  

कार्यक्रम सम्बन्धी बिस्तृत जानकारी तथा कार्यक्रमको तालिका छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने आयोजक संस्था रिबन इन्टरटेनमेन्टले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित: ४ आश्विन २०७८ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App