६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

दीपाश्री निरौलाले ल्याइन् ‘धनियाँ के होली’

फागू पूर्णिमा नजिकिएसंगै नेपाली चलचित्र ‘छक्का पञ्जा’ समूहले होली गीत ‘धनियाँ के होली’ भिडियो सार्वजनिक गरेको छ। होली गीतको भिडियोमा छक्का पञ्जा समूहका कलाकारहरुको अभिनय रहेको छ।  

उक्त गीत ‘धनियाँ के होली’ मा निरज श्रेष्ठको संगीत छ भने शब्द दिपनारायण राजवंशीले लेखेका हुन्। गीतमा सुमित खड्का र दिपाश्री निरौलाले आवाज भरेका छन्।

भिडियोमा दिपाश्रीसँगै दिपकराज गिरी, किरन केसी, केदार घिमिरे, शिवहरी पौडेल, जयनन्द लामा, रवि ढंगोल, अनुरागमानसिंह कुँवर, सुमन गिरी भान्जा लगायतले अभिनय गरेका छन्।

प्रकाशित: ८ चैत्र २०७७ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App