६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

‘महारानी’ लाई मदन पुरस्कार र ठटाललाई जगदम्बाश्री

लेखक तथा पूर्वसांसद चन्दप्रकाश बानियाँद्वारा लिखित उपन्यास ‘महारानी’ लाई यस वर्षको मदन पुरस्कार दिइने भएको छ। २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार बेनी नगरपालिका–५ पुलाचौर घर भई हाल पोखरामा बस्दै आएका बानियाँलाई दिने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।

 मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले गत वर्ष प्रकाशितमध्ये १ सय ५१ पुस्तकहरू गुठीलाई प्राप्त भएकोमा पुरस्कारका लागि सात पुस्तक सूची सार्वजनिक गरेकोमा इतिहासका धेरै कुरा खोजिएको र उपन्यासले पाठकलाई खुलदुली जगाउने ‘महारानी’ लाई उत्कृष्ट छनोट गर्दै पुरस्कार प्रदान गरिएको हो। बानियाँले ४ लाख नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्।

पुरस्कार राशि अघिल्लो वर्षदेखि दोब्बर पारिएको थियो। त्यसअघि दुई लाख मात्र प्रदान गर्ने गरिन्थ्यो। सक्रिय राजनीतिकबाट टाढा रहेर लेखन क्षेत्रमा सक्रिय रहनुभएका बानियाँद्वारा लिखित ऐतिहासिक विषयमा आधरित उपन्यास ‘महारानी’ पर्वत राज्यको विषयमा लेखिएको छ। उपन्यासमा इतिहासका धेरै कुरा खोजिएका कारण पनि वर्षभरि निकै चर्चामा रहेको थियो। बानियाँले आफू जन्मिएको क्षेत्रको इतिहासबारे लेखिएको उपन्यासबाट सन्तुष्टि मिलेको बताए।

इतिहास पढ्ने र इतिहास बुझ्नेका लागि पनि उपन्यास सहयोगी हुने अवस्थामा पुरस्कारबाटै सम्मानित हुने खबरले खुसी तुल्याएको बानियाँले बताए। ‘ पुरस्कारका लागि छनोट भएको जानकारी आएको थियो, पाठकले पुस्तक रुचाइदिनुभएछ,’ बानियाँले भने। म्याग्दी जिल्लाको इतिहास, विकृति, विसंगतिबारे निरन्तर कलम चलाउने बानियाँका यसअगाडि ‘मृत्यु संस्कार मन्थन’, ‘कुलपूजा’, ‘एतिहासिक पर्वत राज्य’ प्रकाशित भइसकेका छन् भने केही दिनमा निबन्ध संग्रह ‘भौज्या’ प्रकाशनको तयारीमा छ। ‘यस उपन्यासमा म्याग्दी जिल्लामा अवस्थित महारानी मन्दिरलाई लिइएको छ, जहाँ अहिले पनि पूजाआजा हुने गर्छ,’ उनले भने, ‘राजाकी श्रीमती नै नभएकी महारानी कसरी महारानी भइन् भन्ने विषयलाई मैले मुख्य रूपमा खोतल्ने प्रयास गरेको छु।’

पहिलोपटक जगदम्बाश्री पुरस्कार नारायण गोपाललाई प्रदान गरिएको थियो। ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीतसंगीत क्षेत्रको योगदान पु-याएकाले गायिका तथा संगीतकार ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको थियो।

मदन पुरस्कार गुठील साउनको अन्तिम हप्ता मदन पुरस्कार–२०७६ का लागि छनोटमा परेका उत्कृष्ट सात कृतिबारे सार्वजनिक गरेको थियो। ती कृति विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ हुन्। त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ। उजले पनि प्रमाणपत्रसहित ४ लाख नगद पाउनेछिन्। २०४५ सालमा जगदम्बा रानीको निधनपछि उनको सम्झनास्वरूप जगदम्बाश्री पुरस्कारको स्थापना गरिएको थियो।  

पहिलोपटक जगदम्बाश्री पुरस्कार नारायण गोपाललाई प्रदान गरिएको थियो। ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीतसंगीत क्षेत्रको योगदान पु¥याएकाले गायिका तथा संगीतकार ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको थियो। ‘कोरोना भाइरस महामारीका कारण उत्पन्न परिस्थितिलाई विचार गर्दै मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान समारोहको कार्यक्रम विवरण पछि सार्वजनिक गरिनेछ,’ गुठीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। २०७५ सालको मदन पुरस्कार योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ र जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो।

प्रकाशित: ५ आश्विन २०७७ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App