१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

अनमोलसँग उपासनाको ‘रहर छ सँगै’

काठमाडौं – गाउँको एक युवाले फूटबल खेलमा गरेको संघर्षमा आधारित फिल्म ‘क्याप्टेन’को पहिलो गीत ‘रहर छ सँगै’ सार्वजनिक भएको छ। फिल्म युनिटले राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै फिल्मका प्रमुख नायक अनमोल केसी र ‘डेब्यु’ नायिका उपासना सिंह ठकुरीले फिचरिङ गरेको गीत सार्वजनिक गरेको हो ।

गीतमा अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द र सुगम पोखरेल तथा अन्जु पन्तको स्वर छ। मुस्ताङको सुन्दर लोकेशनमा छायांकन गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। 

फिल्मका निर्माता भुवन केसीले छोरा अनमोलकै सल्लाहमा फूटबलमा आधारित रहेर फिल्म बनाएको खुलाए। ‘अनमोलले मलाई फूटबलमा आधारित रहेर फिल्म बनाउँदा कस्तो होला भन्ने सल्लाह मागे। अनमोलको कुराले मलाई छोयो ’, भुवनले भने,‘यो फिल्म बनाउन सजिलो होला भन्ने ठानेका थियौं। तर फ्लोरमा गएपछि धेरै कठिनाई भोग्नुप¥यो। फूटबलमा चासो राख्ने युवापुस्तालाई लक्षित गरेर फिल्म बनाएकाले पनि फिल्म हेरिसकेपछि जोकोही पनि फूटबलप्रति आकर्षित हुनेछन् ।’

नायक अनमोलले आफूले जीवनमा कहिल्यै फूटबल नखेले पनि फिल्ममा आफ्नो भूमिकालाई न्याय दिन ३ महिना तालिम लिएको बताए। ‘यो फिल्मका लागि मैले फूटबल सम्बन्धी राम्रै तालिम लिएँ। फिल्मको सुटिङका बेला फूटबल खेल्दा धेरै दौडनु प-यो’,अनमोलले भने,‘फिल्म निकै राम्रो मेहनत गरेका छौं। फूटबलमा रुची राख्नेका लागि एउटा उत्कृष्ट फिल्म बनेको छ ।’

फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईले आफूले फिल्म बनाउँदा कठिनाई व्यहोर्नुपर्ला भन्ने नसोचेको बताए। ‘फूटबलको कथामा फिल्म बनाउन गाह«ो नहोला भन्ने लागेको थियो’,उनले भने,‘तर काम सुरु गरेपछि सुटिङ सक्न नै गाह्राे भयो ।’

अर्का कलाकार सरोज खनालले आफ्नो फिल्मी करियरकै सबैभन्दा गाह«ो चरित्र ‘क्याप्टेन’मा निर्वाह गरेको जनाए। ‘निर्देशक दीवाकरको राम्रो कमाण्ड र अनमोलको साथ नपाएको भए मलाई यो चरित्र निभाउन गाह«ो पर्दथ्यो’, उनले भने ।

नेपाली फूटबल टिमका पूर्व कप्तान हरि खड्काले फिल्म ‘क्याप्टेन’ फूटबलमा चासो राख्ने नयाँ पुस्ताका लागि राम्रो खुराक बन्ने बताए। ‘नेपालले फूटबलमा सागको उपाधि जितिसकेको छ। तर साफ च्याम्पियनसिप जित्न सकेको छैन’, हरिले भने, ‘यो फिल्म हेरेपछि नेपाली फूटबलरले आफूलाई साफ च्याम्पियनसिपको उपाधि नेपालमा ल्याउन सक्षम बनाउनेछन् भन्ने विश्वास छ ।’

आगामी फागुन १७ गते प्रदर्शन हुने फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सनविक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरूको अभिनय छ। फिल्ममा सामिप्यराज तिमल्सिनाको कथा, चन्द्र पन्तको द्वन्द्व, दिर्घ खड्काको सम्पादन र सुदिप बरालको छायांकन छ। 

फिल्मका लागि मैले फूटबल सम्बन्धी राम्रै तालिम लिएँ। फिल्मको सुटिङका बेला फूटबल खेल्दा धेरै दौडनु प¥यो। फूटबलमा रुची राख्नेका लागि एउटा उत्कृष्ट फिल्म बनेको छ।

प्रकाशित: २८ मंसिर २०७५ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App