४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

पुष्पा–२ को पहिलो गीत ‘पुष्पा–पुष्पा’ सार्वजनिक

भारतको टलिवुड इन्डिस्ट्रिको बहुप्रतिक्षित चलचित्र पुष्पा–२ को पहिलो गीत सार्वजनिक गरिएको छ।

टलिवुड सुपर स्टार अल्लु अर्जुन र रश्मिका मन्दना मुख्य भूमिकामा रहेको यस चलचित्रका निर्माता÷निर्देशकले विश्व मजदुर दिवसको अवसर पारेर टाइटल गीत सार्वजनिक गरेका हुन्।

‘पुष्पा–पुष्पा’ नाम गरिएको उक्त गीतमा अल्लु अर्जुनको अभिनय निकै आकर्षक देखिन्छ। ६ भाषामा सार्वजनिक गरिएको उक्त गीतमा मिका सिंह, नकाश अजिज, दीपक ब्लु, विजय प्रकाश, रञ्जीत गोविन्द र तिमिर विश्वास जस्ता चर्चित गायकहरूले आवाज दिएका छन् भने राष्ट्रिय पुरस्कार विजेता देवी श्री प्रसादले गीतको निर्देशन गरेका छन्।

‘पुष्पा–पुष्पा’ बोलको गीतमा अल्लु अर्जुनको दमदार डान्स मुभ्सले दर्शकलाई एकपटक फेरि नाच्न बाध्य बनाउने छ।

यसअघि अल्लु अर्जुनको जन्मदिनको अवसर पारेर निर्माताले चलचित्रको टिजर सार्वजनिक गरेका थिए।

अर्जुन आफ्नो आइकोनिक अवतारका साथ फेरि पुष्पराजको भूमिकामा देखिने छन्। ‘पुष्पा–२ द रुल’ मा भयानक रुपमा अल्लुले आफ्ना दर्शकलाई मनोरञ्जन दिने तयारी गरेका छन्।

यसअघि चलचित्रको पहिलो भागमा अल्लु अर्जुनले एक ग्याङ्गस्टरको भूमिका निर्वाह गरेका थिए। जो रक्त चन्दनको तस्करीमा सहमावेश हुन्छ। उही ग्याङ्गस्टर पुष्पराज सबै तस्करहरूलाई पछि पार्दै राज गर्न तयार रहेको टिजरमा देख्न सकिन्छ।

पुष्पा–२ आगामी अगस्ट १५ मा रिलिज हुनेछ।

प्रकाशित: २० वैशाख २०८१ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App