६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

पाँचतलेमा ५० कलाकारको विशेष प्रदर्शन

विश्वकै सबैभन्दा अग्लो मन्दिरको रूपमा परिचित भक्तपुरको पाँचतले मन्दिर परिसरमा जहिले पनि आन्तरिक तथा बाह्य पर्यकटको विशेष चहलपहल रहने गर्छ। तर, शनिबार अझ विशेष चहलपहल रह्यो। कारण ५० मिनेट, ५० बोली, ५० स्टेप नृत्य र ५० कलाकारको सहभागिता।

बिहानदेखि नै यसबारे सामाजिक सञ्जाल फेसबुकलगायतबाट खबरहरू सार्वजनिक भएपछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूबाट मानिस आएका थिए। चार बजे निर्धारित कार्यक्रम रहेकोले धेरै मानिस चार नबज्दै पाँंचतल्ले मन्दिर परिसरमा पुगेका थिए।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट छोरीसहित कार्यक्रम हेर्न आएका रामकृष्ण प्रजापति निर्धारित समयअगावै साढे तीन बजे नै पाँचतले मन्दिर परिसर पुगेका थिए। उनले एक घण्टाभन्दा बढी समयदेखि कुरेर बसेर कार्यक्रम हेरेका थिए। चार बजेबाट सुरु गर्ने भनिए पनि कार्यक्रम पाँच बजेबाट सुरु भएर ५० मिनेटमा टुंंगिएको थियो।

भक्तपुर नगरपालिका–८ लिवानीस्थित निओ फ्युजन बाजा समूह र भक्तपुर नगरपालिका–७ इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो।

निओका संस्थापक अध्यक्ष बालकृष्ण बनमालाले संस्कृतिक बाजागाजालाई चाडपर्व, ब्रतबन्ध, राजनीतिक सभा वा कार्यक्रमको उद्घाटनमा मात्रा प्रस्तुत गर्ने प्रचलन चिर्न यो कार्यक्रमको आयोजना गरेको बताए।

पुराना बाजागाजा घर, टोल, भोज र चाडपर्वमा मात्र बजाउने भएर लोप हुँदै गएको उनको बुझाइ छ। बाजा चाडपर्व वा कुनै कार्यक्रम उद्घाटन गर्नको लागि मात्र नभएको सन्देश दिन कार्यक्रम आयोजना गरेको उनको भनाइ छ। यसकारण समयसमयमा यस्ता प्रर्दशनी हुनुपर्ने उनको जोड रहेको थियो। यसलाई यसरी प्रर्दशनी गर्न बाजागाजासहितको कार्यक्रम हेर्न जात्रा, चाडपर्व नै कुर्नपर्ने बाध्यता हट्ने उनको बुझाइ छ।

प्रकाशित: २१ माघ २०८० १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App