६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

विश्वविद्यालयको निवेदनमा एआई चोरी बढ्यो

यस्तो पनि!

अमेरिकी तथा बेलायती विश्वविद्यालयमा भर्ना हुनका लागि एउटा निबन्ध लेख्नुपर्छ। राम्रो निबन्धले भर्ना हुने सम्भावना ह्वात्तै बढाउँछ। त्यसैले यस्ता कुरामा शिक्षक, अभिभावक र विद्यार्थी बढी सजग नै हुने गर्छन्। पछिल्लो दुई वर्षयता भने विश्वविद्यालयमा पेश गरिने यस्ता निबन्ध वा निवेदनमा बौद्धिक/साहित्यिक चोरी (प्लेजिरिज्म्) दोब्बरले बढेको देखिएको छ।

युनिभर्सिटी एन्ड कलेजेज एडमिसन्स सर्भिस (युकास)ले दुई वर्षयता यस्ता साहित्यिक चोरी ७ हजार ३ सय पुगेको बताएको छ। यसअघि ३ हजार, ५ सय ५९ चोरी समातिएको थियो।

बेलायती विश्वविद्यालयमा भर्ना हुन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये पाँचमध्ये एक जना यस्तो बौद्धिक चोरीका निवेदन हाल्ने गरेको युकासले जनाएको हो।

 यस्तो बौद्धिक चोरी बेलायतमा बढी हुने गरेको र भारत, नाइजेरिया, रोमानिया र चीन पनि चोरीमा पछिपछि लाग्ने गरेको देखिएको छ। रोचक त, च्याटजिपिटी बजारमा आएयता यस्तो साहित्यिक चोरी १५ प्रतिशतले बढेको बताइएको छ।

चोरीको निवेदन दिनेहरूमा म्यानचेस्टर मेट्रोपोलिटन युनिभर्सिटी, द युनिभर्सिटी अफ ग्रिनविच, र बिर्मिङ्घम सिटी युनिभर्सिटीहरू रहेका छन्। अक्सफोर्ड, क्याम्ब्रिज र सेन्ट एन्ड्रयुज्मा भने निकै कम त्यस्तो चोरीका निवेदन पर्ने जनाइएको छ।

उता स्कटल्याण्डका विश्वविद्यालयहरूमा चोरीका निवेदन हाल्नेहरूको संख्या दुई वर्षयता १५० प्रतिशतले बढेको जनाइएको छ।

यस्तो प्रमाण फेला परेयता युकासले पछिल्लो समय प्रश्नोत्तरमा आधारित परीक्षा लिने भएको छ। निबन्धात्मक प्रविष्टीमा बढी चोरी भएको भन्दै त्यसलाई निरुत्साहित गर्न नयाँ प्रणालीमा जाने युकासले जनाएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २६ पुस २०८० ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App