१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

अजयको ‘भनिदिने रहर’

काठमाडौं–गायक अजय अधिकारी ‘सुशिल’को सातौं एल्बम ‘भनिदिने रहर’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच उनको उक्त एल्बम सार्वजनिक भएको हो।

म्युजिक भिडियोसहितको एल्बममा युवापुस्ताबीचको मायाप्रेम समेटिएका गीत छन् । उनले मन परेको मान्छेलाई गीतमार्फत प्रस्ताव राख्दै गाएका छन् । जन्मदिनको अवसर पारेर मंसिर ३ गते एल्बम सार्वजनिक गर्दै आएका अजयले प्राविधिक कारणले यस पटक ढिला भएको बताए। 

अजयले यसअघि ‘रहर’, ‘फेरि अर्को रहर’, ‘मनको रहर’, ‘यो कस्तो रहर’, ‘दसैं तिहार’ र तिज गीत ‘पानी नखाई बस्नै पर्दैन्’ एल्बम बजारमा ल्याइसकेका छन् । आपूmले रहरले कलाकारिता क्षेत्रमा आएको हुँदा एल्बममा ‘रहर’ जोड्ने गरेको कलाकार अजयले बताए । कलाकार अजयले सन्देशमूलक गीत गाउँदै आएका छन् । उनले फिल्म, म्युजिक भिडियो, विज्ञापनमा अभिनय समेत गर्दै आएका छन्।
एल्बममा समावेश गीतमा शब्द, संगीत, स्वर अजयको छ । युगल गीतमा महिला स्वर समिक्षा बस्नेतको रहेको छ । गीतमा र्याप्पर निर्णय श्रेष्ठले पनि साथ दिएका छन्। 
‘भनौं नभनौं’ गीतको म्युजिक भिडियोमा रेश मरहठठा, रिमा विश्वकर्मा, उरूसा जोशीको अभिनय रहेको छ । भाइब्जको नृत्य निर्देशन रहेको म्युजिक भिडियोका निर्देशन निर्णय श्रेष्ठले गरेका हुन् । रविन साय्मीले खिचेको भिडियो उनी इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो।

 

प्रकाशित: १३ पुस २०७४ ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App