अवनि-अम्बर ध्वजा फहराई
मिलन बिन्दु चाडपर्व रमाई
मान्छौं-खान्छौं-नाच्छौं गाई
जीवन जिउने रहर नै कमाई !
इन्द्रध्वजा फहराउन भाइभाइ
एकट्ठा भई सब जन हाँसीहाँसी
पिर व्यथा सब बिर्सी फाली
ध्वलक-भुछया बाजा बजाई
मनाइरहेछन् यँया पुन्हि नेपाली !
यँ-गगन, या-यात्रा स्वच्छ गगन
चकमन्न वातायन प्रफुल्ल जन-मन
अनुकूल स्वच्छ पर्यावरण हाम्रै
इन्द्रजात्रा स्वर्ग-धारा सम्मन
मातृ आस्था खातिर पालन
पारिजात पुष्प गर्न सङ्कलन
लोकवार्ता बनेको आख्यान !
चाडपर्व मूर्त पक्ष-सांस्कृतिक परिधान !
अमूर्त पक्ष-गोपनीय मन्त्र आहान !
प्रकाशित: २० आश्विन २०८० ०४:१५ शनिबार