१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

लेखन यात्रा अनवरत रहनेछ: जीवा लामिछाने

लन्डन- गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित कृति सरसर्ती संसार जर्मनीमा लोकार्पण गरिएको छ।

गत शनिवार फ्रयांकफर्टमा आयोजित एक कार्यक्रमका नेपाल सरकारका महावाणिज्यदूत तथा एनआरएन संस्थापक नेता रामप्रताप थापाले लोकार्पण गरेका हुन्।

अतिथि थापाले सर्जकसँगको लामो संगतले उनको शालिनता र लगनशीलता उदारणीय रहेका बताए। थापाले सरसरर्ती संसार गैरआवासीय नेपालीहरू माझ लोकप्रिय रहेको भन्दै पुस्तकमा भ्रमण गरिएका मुलुकहरू नेपालसँग तुलना गर्दै आफ्नो देशलाई समृद्ध बनाउने चाहना र देशभक्ति भावना स्पष्ट झल्किएको बताए।

लेखक लामिछानेले आफ्नो कृतिको नाम सरसर्र्ती संसार राख्नको कारण सरसर्र्ती यात्रा गरिएका देशको सरसर्र्ती गरिएको टिर्पोटलाई लिपिबद्धमा आधारित भएको बताए।

उनले कृति मुलतः पारिवारिक भ्रमण, व्यवसायिक भ्रमण र गैरआवासीय नेपाली संघको अभियानमा गरिएका भ्रमणमा केन्द्रीत रहेर तयार गरिएको एक यात्रा साहित्य रहेको जानकारी दिए।

नेपाल, रुस, तान्जानिय, बेलायतमा लोकार्पण भइसकेको यस कृतिमा पाठकले दिएको प्रतिक्रिया सोचे भन्दा राम्रो आएकाले आफ्नो साहित्यिक यात्रामा अझ थप उर्जा मिल्ने बताए । उनले  आफ्नो लेखन यात्रा अनवरत रहने उद्घोष गर्दै पाठकप्रति आभार ब्यक्त गरे।

रामजीवी पन्थले सञ्चालनले सञ्चालन गरेको कार्यक्रममा साहित्य समाज जर्मनका अध्यक्ष खड्ग न्यौपानेले स्वागत मन्तब्य दिए ।

कार्यक्रममा ओएनएफका अध्यक्ष्य रामचन्द्र आचार्यले सर्जकको गैरआवासीय नेपाली संघप्रतिको लगाव यस संस्थालाई स्थापना गर्नको लागि खेलेको भूमिकाको बारेमा चर्चा गरे ।

चितवन समाज जर्मनीको अध्यक्ष्य यज्ञराज सुवेदी, अन्तराष्ट्रिय कलाकार समाजकी उपाध्यक्ष्य कमला दाहाल, यज्ञ अधिकारी, डा. खुमनारायण पौडेल, गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोसायरीलगायतले शुभकामना मन्तब्य दिए । पुस्तक बिक्रीबाट प्राप्त रकम चेपाङ केन्द्रलाई सहयोग गरिने बताएको छ।

सरसरर्ती संसारमा ५ वटा महादेशका २९ देशमा घुमेका अनुभवलाई  समावेश गरिएको नियात्रा संग्रहमा ती देशहरूको प्राकृतिक सम्पदा, राजनैतिक अवस्था, रहनसहन, भौतिक संरचना, संस्कृति, भूगोल, इतिहासलगायतलाई समेटिएको छ ।

 

 

 

प्रकाशित: ३ माघ २०७३ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App