१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

इलाम सूर्याेदयको मेयरमा नेकपा (एस), उपमेयरमा कांग्रेस विजयी

इलामको सूर्याेदय नगरको मेयरमा विजयी रणबहादुर राई र उपमेयरमा निर्वाचित दुर्गाकुमार बराल ।

इलामको सूर्याेदय नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का रणबहादुर राई विजयी भएका छन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने मुख्य पालिका सूर्याेदयमा गठबन्धनबाट निवर्तमान मेयर राई पुनः निर्वाचित भएका हुन्।

राईले नेकपा (एमाले)का उम्मेदवार काजीमान कागतेलाई पराजित गरे। राई १२ हजार ४ सय ३१ मत ल्याएर विजयी हुँदा कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन्। कागतेले १ नम्बर प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका थिए।

उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन्। बरालले ११ हजार ८ सय ५४ मत ल्याए। एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छिन्। भट्टराई निवर्तमान उपमेयर हुन्।

१४ वटा वडा रहेको सूर्याेदयका ७ वडा वडामा कांग्रेस, ५ वटा वडामा नेकपा (एस) र दुई वटामा एमालेका वडाध्यक्ष विजयी भएका छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App