१५ वैशाख २०८१ शनिबार
image/svg+xml

गण्डकी सरकारका माओवादी मन्त्रीहरुले दिए राजीनामा, समर्थन पनि फिर्ता

नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादीले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री दाहललाई

सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी

राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक आज अपरान्ह बसेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको हो।

‘सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति’

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्।

ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्छः ओनसरी घर्ती

उनले भनिन्, ‘यहाँ म सुन्दैछु, केपी शर्मा ओलीले आज जनतासमक्ष गएर बहुमत माग्दै हुनुहुन्छ रे? केका लागि बहुमत, हुँदाखाँदाको कम्युनिष्ट पार्टीलाई फेरि फोर्नको लागि बहुमत?

माओवादी गोरखा जिल्ला समन्वय प्रमुखमा भट्ट

आइतबार गण्डकी प्रदेश कमिटिको बैठकले बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका भट्टलाई जिल्ला समन्वय प्रमुख तोकेको हो।

वाइसिएलका नयाँ नेतृत्वले लिए पद तथा गोपनीयताको शपथ

आज आयोजित एक समारोहमा वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउने

नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीको आज (बिहीबार) बिहान टुंगो लगाउने भएको छ। पार्टीका बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।

आगामी निर्वाचन सामान्य नभई अधिकार प्राप्तिको लडाइँँ हो: अध्यक्ष प्रचण्ड

सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उनले अहिले पनि संविधानलाई मास्न र उपलब्धिलाई समाप्त पार्न कतिपय शक्ति लागि परेकाले त्यसको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने अभियानका रूपमा निर्वाचनलाई लिनुपर्ने बताए।

पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ: दाहाल

मैले प्रधानमन्त्रीलाई भनिसकेको छु, ‘पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ।’ नेपाली कांग्रेसमा स्थानीय तह चुनावमा तालमेल हुने दहालको भनाई छ।

माओवादी केन्द्रमा बढ्यो मतभेदः सात सांसद कारबाही दायरामा

सोमबार पत्रकार सम्मेलनमा दाहालले केही नेताको विमति रहनु स्वाभाविक भएको उल्लेख गरे पनि सांसदले ह्विप उल्लंघन गरेको बारे केही बताएनन्। उनले यो विमतिको विषयमा केन्द्रीय समितिमा छलफल हुने बताएर पार्टीभित्रको विवादबारे पत्रकारको जिज्ञासालाई साम्य पार्ने कोसिस गरेका थिए।

सरकारमा बस्ने नबस्नेबारे खुमलटारमा छलफल जारी

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन्।

चुनाव पछि धकेल्ने ध्याउन्नमा माओवादी र नेकपा एस

गठबन्धनका माओवादी केन्द्र र नेकपा एसले खुलेरै स्थानीय तहको निर्वाचन पर सार्नुपर्ने र त्यसका लागि ऐन संशोधन गर्नुपर्ने बताउन थालेका छन्। यी दुई दलकै जोडबलमा गठबन्धन दलका नेताहरूले स्थानीय तह निर्वाचन पर सार्न कानुन संशोधन गर्ने सहमति गरिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्