२२ वैशाख २०८१ शनिबार
image/svg+xml

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने छ।

टर्कीएद्वारा इजराइलसँगको सबै प्रकारको व्यापारमा रोक

टर्कीएको व्यापार मन्त्रालयका अनुसार जबसम्म गाजामा बिना कुनै अवरोध पर्याप्त राहत सुनिश्चित गरिँदैन तबसम्म इजराइलसँगको व्यापार बन्द रहने छ।

एन्फा पदाधिकारीलाई बेलायत जान रोक

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।

काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै

विश्वव्यापी रुपमा व्यवसायिक दुर्घटना र रोगहरुको रोकथामलाई प्रवर्द्धन गर्न यो दिवस मनाउने गरिन्छ।

घाइते अवस्थामा बाघ भेटिएपछि वन प्रवेशमा निषेध

शुक्लाफाँटा नगरपालिका– ८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखा परेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ।

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन्। मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो।

नयाँ पुस्तालाई निगालोका सामग्री बुन्ने सीप सिकाउँदै वडा

जुम्लाको तातोपानी गाउँपालिका ४ ले नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेको छ।

मोटरसाइकल दुर्घटना हुदाँ रेडियो धनुषाधामका सञ्चालक यादवको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पत्रकारको मृत्यु भएको छ।

‘निजी क्षेत्रसँगको सहकार्यबाट मात्र अर्थतन्त्र सबल’

मुलुकको अर्थतन्त्र समस्यामा परेका बेला निजी क्षेत्रसँगको सहकार्यमा मात्र अर्थतन्त्र सबल हुने सरोकारवालाले बताएका छन्।

इजरायली प्रधानमन्त्रीले भनेः रफाहमाथिको आक्रमण कुनैपनि हालतमा रोकिँदैन

उनले गाजाको रफाहमा इजरायलले हमासविरुद्ध आक्रमण गर्ने र यसलाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए।

अठार करोडको आयोजनामा साठी लाख बजेट

पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ।

हराइरहेका एकजनाको शव फेला

पृथ्वी राजमार्गअन्तर्गत चितवन इच्छाकामना गाउँपालिका– ५ स्थित सिमलधारामा ट्याक्सी दुर्घटनामा परी बेपत्ता भएका एकजनाको शव फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्