१६ वैशाख २०८१ आइतबार
image/svg+xml

पक्राउ परेका व्यक्ति अस्पताल भर्ना हुँदा पनि बेखुसी छन् सर्वसाधारण

‘यो नाटक हो, जेलको चिसोमा सुत्नुपर्ला भनेर भिआइपी अपराधी बनेको,’ सामाजिक सञ्जालमा वासुदेव अधिकारी लेख्छन्, ‘धनीलाई जेल जानबाट बच्न तुरुन्तै समस्या सिर्जना हुँदो रहेछ, धन्यवाद डाक्टर साप।’

फागुनदेखि सञ्चय कोषमा योगदानकर्ताका दम्पत्तीले पनि उपचार खर्च पाउने

कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु एक लाखसम्म र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्म स्वास्थ्योपचार सुविधा उपलब्ध गराउँदै आएको छ।

राष्ट्रिय सभा निर्वाचन छलफलमा भाग लिँदै गर्दा ग्रामथामका अध्यक्ष बेहोस

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात, २४ घन्टा डाक्टरको निगरानीमा

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।

राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएको छ। राष्ट्रपति पाैडेलकाे मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

सनराइज बैंकको थप विशेषतासहित स्वास्थ्य योजना

सनराइज बैंकमा बचत गर्दा ग्राहकले बचत र ब्याज मात्र होइन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्नेछन्।

संस्कृतिविद् सत्यमोहन अस्पताल भर्ना

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि गत जेठ २६ गते उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए। छातीको संक्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएपछि प्रा.डा. मिलेशजंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको टोलीले उपचार गरेर उनलाई ११ दिनमा डिस्चार्ज गरेको थियो।

मन्त्री झाँक्री अस्पताल भर्ना

निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए।

माधव नेपाल अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण आज त्रि।वि। शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्।

पूर्वप्रधानमन्त्री भट्टराई शल्यक्रियाकाे लागि अस्पताल भर्ना हुँदै

काठमाडौंस्थित वीर अस्पतालमा डा.सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो। भट्टराई आजै अस्पताल भर्ना हुने बताइएको छ। उनकाे शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ।

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। पछिल्लो समयमा उनको स्वाथ्यमा समस्या देखिएपछि भारतमा उपचार गराएर फर्किएका थिए।

भारतीय राष्ट्रपति कोविन्द अस्पताल भर्ना

भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन्। छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्