१५ वैशाख २०८१ शनिबार
image/svg+xml

देशभर डढेलो, गृहमन्त्री रवि भन्छन्, ‘राहत दिन ढिलाइ गरिएको छैन’

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन्।

डढेलो गाउँसम्म फैलिदा तेह्र घर जलेर खरानी

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलिदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन्।

पोखरामा डढेलोको असरः धुँवा र खरानी उडेर घरैसम्म

खासमा यतिबेला पर्यटकीय सहर पोखरा धुम्म छ। पर्यटकीय सहर पोखरा नखुलेको लामो समय भयो। हिमाली श्रृंखला नदेखिएको झन्डै महिनादिन पुग्न थाल्यो। त्यत्तिमात्र नभई धुलो र धुवाँले बजार क्षेत्र धुम्मिएको छ। बजार आसपासका डाँडाकाँडा पनि देखिन छाडेका छन्। भिजिविलिटी घटाउँदा त्यसको असर सर्वत्र परेको छ। धुवाँधुलोका कारण मानवीय स्वास्थ्यमा समेत समस्या आउन थालेको सर्वसाधारणको गुनासो छ।

डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।

डढेलोले बाख्रा फार्म ध्वस्त

लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।

मयागदीको एक सय ११ वनमा डढेलो, सात सय हेक्टर सखाप

पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ।

डढेलोले सात सय हेक्टर वन सखाप

म्याग्दीमा वैशाख महिनाको पहिलो सातासम्म झण्डै सात सय हेक्टर क्षेत्रफल वन क्षेत्र आगलागीले जलेर खरानी बनेको छ।

डढेलोको लप्काले पाँच घर जलेर नष्ट

उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङमा जंगलमा लागेको डढेलो फैलिँदा पाँच घर र गोठ जलेर नष्ट भएका छन्।

जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर

म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्।

वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान

वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन्।

डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे

म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

हत्तपत्ति खुल्दैनन् वन डढेलो लगाउने व्यक्ति

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये हिमालपारिको जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा आगलागी भएको प्रदेश वन निर्देशनालयले बताएको छ। निर्देशनालयका अनुसार चैत मसान्तसम्मको तथ्यांक अनुसार योवर्ष गण्डकीको झन्डै १२ सय ५० हेक्टर क्षेत्रफल वन क्षेत्र आगलागीले जलेर खरानी बनेको छ।

डोल्पा आगलागीबाट तीन बालबालिकाको मृत्यु

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परेका तीन बालबालिकाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्