२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ललितपुरको आनन्द वनमा डढेलो फैलिँदै,नियन्त्रणको प्रयास जारी

ललितपुरको आनन्द वनमा डढेलो फैलिँदै गएको छ। गोदावरी नगरपालिका–६ आनन्द वनमा डढेलो सल्किएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

दाङमा ५९ हजार हेक्टर क्षेत्रमा डढेलो, सखाप बन्दै चुरे

लामो खडेरीका कारण जिल्लाका वनहरूमा आगलागी (डढेलो) बढ्दो क्रममा छ। वनमा लागेको आगो बस्तीमा सर्दा दर्जनौँ घरहरू समेत जलेका छन्।

चुरे पहाडका अधिकांश वनमा फैलिँदै डढेलो

कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ।

उदयपुरका घर-गोठ र जंगलमा फैलिँदै आगाे

उदयपुरमा शनिबार पनि आगलागीबाट घर जलेर नष्ट भएको छ। घरकै चुलोबाट उम्केको आगोले त्रियुगा नगरपालिका ७ होक्सेस्थित होमबहादुर सिग्देलको घर आगलागी भएको हो।

देशभर डढेलो, गृहमन्त्री रवि भन्छन्, ‘राहत दिन ढिलाइ गरिएको छैन’

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन्।

डढेलो गाउँसम्म फैलिदा तेह्र घर जलेर खरानी

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलिदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन्।

पोखरामा डढेलोको असरः धुँवा र खरानी उडेर घरैसम्म

खासमा यतिबेला पर्यटकीय सहर पोखरा धुम्म छ। पर्यटकीय सहर पोखरा नखुलेको लामो समय भयो। हिमाली श्रृंखला नदेखिएको झन्डै महिनादिन पुग्न थाल्यो। त्यत्तिमात्र नभई धुलो र धुवाँले बजार क्षेत्र धुम्मिएको छ। बजार आसपासका डाँडाकाँडा पनि देखिन छाडेका छन्। भिजिविलिटी घटाउँदा त्यसको असर सर्वत्र परेको छ। धुवाँधुलोका कारण मानवीय स्वास्थ्यमा समेत समस्या आउन थालेको सर्वसाधारणको गुनासो छ।

डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।

डढेलोले बाख्रा फार्म ध्वस्त

लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।

मयागदीको एक सय ११ वनमा डढेलो, सात सय हेक्टर सखाप

पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ।

डढेलोले सात सय हेक्टर वन सखाप

म्याग्दीमा वैशाख महिनाको पहिलो सातासम्म झण्डै सात सय हेक्टर क्षेत्रफल वन क्षेत्र आगलागीले जलेर खरानी बनेको छ।

डढेलोको लप्काले पाँच घर जलेर नष्ट

उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङमा जंगलमा लागेको डढेलो फैलिँदा पाँच घर र गोठ जलेर नष्ट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्