६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नेकपा विवादले संसद् व्यवस्थापन कठिन

नेकपा विवादले संसद्का कामकारबाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ। संसद् विघटनअघि र पुनःस्थापनापछिको संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विचलनले अप्ठेरो अवस्था आउने संकेत देखिएपछि यतिबेला संसद् सचिवालय निकै सकसमा परेको छ।

नेकपा विवाद छिट्टै निरुपण गर्छौं : निर्वाचन आयोग

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ। यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ। सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको छ।

विचार मिल्ने भएपछि ओली समूहमा आएँ : शेरबहादुर तामाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता शेरबहादुर तामाङले आफू भावनात्मक रुपमा प्रचण्ड–नेपाल समूहसँग निकट भएपनि वैचारिक रुपमा केपी ओलीसँग नजिक रहेको बताएका छन्।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल भन्छन् : निर्वाचन आयोगले नेकपा विवादमा निर्णय दिन ढिलो गर्नु हुँदैन

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकताको विवादलाई निर्वाचन आयोगले छिटो टुंग्याउनुपर्ने बताएका छन्।

नेकपा विवादमा आयोगले तत्काल निर्णय नलिने

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहेको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाबारे यसअघिकै निर्णयलाई निरन्तरता दिँदै आयोग आधिकारिकतासम्बन्धी विवादमा प्रवेश नगर्ने भएको हो ।

पुँजीगत लाभकर छली विवादः स्वामित्व परिवर्तन भएको बोटलर्स नेपालद्वारा स्वीकार

पेय पदार्थ उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले सेयर स्वामित्व परिवर्तन भएको स्वीकार गरेको छ। पुँजीगत लाभकर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा बोटलर्स नेपालले सेयर बिक्री भएर स्वामित्व फेरिएको स्वीकार गरेको हो।

पार्टीभित्रको विवादले अन्य दललाई दण्ड किन

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा जारी सुनुवाइमा सहभागी एमिकस क्युरी (अदालतका सहयोगी) का सदस्यले पार्टीभित्रको विवाद देखाएर अन्य दलसमेत दण्डित हुनेगरी संसद् विघटन गर्न नहुने तर्क गरेका छन्। संविधानविद् पूर्णमान शाक्यले बिहीबार बहसमा भाग लिँदै पार्टीभित्रको झगडाले अन्य दलसमेत दण्डित हुनेगरी प्रतिनिधिसभा विघटन गर्न नपाइने तर्क गरेका हुन्। विघटनको अन्तरनिहित अधिकार प्रधानमन्त्रीलाई नभएकाले अदालतले संविधानअनुसार संसद् पुनस्र्थापना गर्नुपर्ने सुझावसमेत उनले दिए।

नेकपा विवादः पाँच विकल्पमा छलफल गर्दै आयोग

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ ।

केपी ओली फासिस्ट हुन्, चुनाव गराउनका लागि घोषणा गरिएकाे होइन : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली ‘फासीवादी’ भएको आरोप लगाएका छन्।

संघीयता लागू गर्न नदिन संविधानलाई अपाङ्ग बनाइएको छ : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले लामो सङ्घर्षबाट प्राप्त संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीसँग साटेको आरोप लगाएका छन्।

‘निरङ्कुशताको साक्षी बस्ने राष्ट्रपतिविरुद्ध बोल्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिजस्तो संस्थाको साख गिराउने काम भएकाले आफूले राष्ट्रपति पदमा रहेकी विद्यादेवी भण्डारीविरुद्ध बोलेको बताएकी छन्।

विवादित ९ वटा ठेक्का रद्द

गोरखाको सहिद लखन गाउँपालिकाले ९ वटा ठेक्क रद्द गरेको छ । गाउँ कार्यपालिकाको बैठकले गत पुस ९ गते प्रकाशित ९ वटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले जानकारी दिए ।

फास्ट ट्र्याक प्रकरणः सेनाका धेरै निर्णय विवादमा

काठमाडौं–निजगढ द्रुत मार्ग- फास्ट ट्र्याकमा सेनाले गरेको काम एकपछि अर्को विवादमा तानिन थालेको छ। सरकारले यो सडक बनाउन नेपाली सेनालाई जिम्मा दिएको थियो।

गण्डकीका प्रतिपक्षी भन्छन्ः नेकपा नफुटेसम्म अविश्वासको प्रस्ताव आउँदैन

गण्डकी प्रदेशका दुई प्रतिपक्षी दलहरुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन नभएसम्म प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताएका छन् ।

नेकपा विवादः हकदाबीमा होडबाजी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीको असली हकदार दावी गर्ने होडबाजी चलेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल–दाहाल समूह र ओली समूहमा विभाजित भएपछि नेकपाको असली हकदार दुवै पक्षले आफूहरू भएको दाबी गर्दै आएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्