१६ वैशाख २०८१ आइतबार
image/svg+xml

विशेष चासाेका साथ हेरिएको प्रतिनिधिसभाको सातौं अधिवेशन भोलिदेखि

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौं अधिवेशन भोलि आइतबारदेखि सुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन्।

पहिलो पुस्ताले विश्राम लिएर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता जीवित रहन्छ : योगेश भट्टराई

नेपाक कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति तथा सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले सरकार र पार्टीबाट विश्राम लिई नयाँ पुस्तालाई सरकार र पार्टी सञ्चालनको जिम्मा दिने परिस्थतिमा पार्टी अहिले पनि जीवित रहने बताएका छन्।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि आगामी राणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

नेकपा विवाद टुंगो नलागेसम्म कुनै पक्षसँग सहकार्य नगर्ने कांग्रेस निर्णय

कम्युनिस्ट पार्टी (नेकपा) विवादको टुंगो नलागेसम्म कुनै पक्षसँग पनि सहकार्य नगर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ।

प्रधानमन्त्री ओलीले कि राजीनामा दिनुपर्छ कि संसदमा बहुमत पुर्‍याउनुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनःस्थापना भएपछि नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताएका छन्।

संसद पुन:स्थापनाको खुशीयालीमा बुटवलमा र्‍याली

संसद पुनःस्थापनाको खुसीयालीमा नेकपा प्रचण्ड–माधव समूहले बुधबार बुटवलमा र्याबली निकालेको छ। बुटवलको राजमार्ग चौराहबाट निस्कीएको पञ्चेबाजा सहितको र्याणलीले नगर परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

अबको राजनीतिक परिदृश्य कस्तो हुन्छ भन्नेबारे छलफलमा छाैं : प्रदीप ज्ञवाली

करिब तीन घण्टा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको बैठकपछि ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले बैठकले गरेका निर्णय मात्र सुनाएनन् विभाजित बनेको नेकपा पुनः एकीकरण गर्नका लागि आफूहरु तयार रहेको समेत बताए।

सर्वोच्चको फैसला स्वीकार्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने ओली समूहको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले तोकेको समयभित्र प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको छ।

दुई वर्षपछि हामी जितेरै छोड्छौं, ओलीले मुलुकलाई फेरि धनी बनाउनुहुनेछ : शेरबहादुर तामाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता शेरबहादुर तामाङले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संगठन झन् बलियो हुने दाबी गरेका छन्।

अदालतले केपी ओलीलाई हराएपनि नेपाली जनताले जिताउने छन् : महेश बस्नेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्च अदालतको फैसला विवादित रहेको बताएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन् : तत्काल प्रधानमन्त्रीको राजीनामा आउँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। मंगलबार अबेर सामाजिक संजाल मार्फत उनले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ।

संसद पुन:स्थापना गरेर सर्वोच्चले संविधानको रक्षा गर्‍यो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चले संविधानको रक्षा गरेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र मर्मत विपरित प्रतिनिधि सभा विघटन गरेकोमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने फैसला सुनाएसँगै थापाले मंगलबार यस्तो टिप्पणी गरेका हुन्।

जनताको जीत भएको छ : माधव नेपाल

नेकपा अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताएका छन्।

संसद पुन:स्थापना गर्ने सर्वोच्चको आदेश, यस्तो छ संक्षिप्त आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय वदर गर्दै १३ दिनभित्र संसद वैठक बोलाउन आदेश गरेको छ।

संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्