२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्चको फैसला स्वीकार्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने ओली समूहको निर्णय

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले तोकेको समयभित्र प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको ओली समूहको स्थायी कमिटी बैठकले संसद विघटनको मुद्दामा सर्वोच्चले गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

पदबाट राजीनामाका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राजनीतिक दलसँग छलफल गरेर निर्णय लिने उनको भनाई छ।

ओली समूहको स्याथी कमिटीको अर्को बैठक भोलि बस्नेछ।

सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियाे।

प्रकाशित: १२ फाल्गुन २०७७ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App