१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दुर्गा प्रसाईंको ‘नो भोट’ मा प्रशासनको ‘नो कमेन्ट’!

इलाम क्षेत्र २ मा यहि वैशाख १५ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी वैशाख ६ मा इलाम चोक बजारमा ‘नो भोट अभियान’को आमसभा चल्यो। आमसभामा सयौं सहभागी भए। र, प्रायः सबै वक्ताले आफ्नो भाषणमा नछुुटाइ भने–‘नो भोट, नो भोट, नो भोट।’

विद्यालय हातामा दलीय गतिविधि रोक्दै सिरिजंगा

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पालिकाका विद्यालय हाताभित्र तथा विद्यालयको सम्पत्ति प्रयोग गरी कुनै पनि राजनीतिक दल तथा दलसँग सम्बन्धित संगठन निर्माण गर्न रोक लगाएको छ।

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न!

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् कसरी सञ्चालन हुनुपर्छ भनी संविधान, नियम र स्थापित अभ्याससहित नियमावलीमा सविस्तार स्पष्ट व्यवस्था गरिएको बताए।

कांग्रेस सरकारमा जान्छ तर चुनावबाट मात्रै: गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट जुटे पनि फुटे पनि चाँडो निस्कर्ष आउनुपर्ने बताएका छन्। कम्युनिस्टकै कारण देशलाई बन्धक बनाउन नसकिने भन्दै उनले कम्युनिस्ट पार्टीले जतिसक्दो चाँडो झगडा मिलाएर देशलाई निकास दिनुपर्ने बताए।

आज दाहाल–नेपाल समूहको आमसभाः हजारौं सहभागी हुने अपेक्षा

नेकपा दाहाल–नेपाल समूहले बुधबार हुने आमसभामा काठमाडौबाहिरबाट हजारौं मानिस आउने आंकलन गरेको छ । मंगलबार बसेको सचिवालय बैठकमा हजारौंको संख्यामा उपत्यकाबाहिरबाट आउने अनुमान गरिएको हो ।

लोकतन्त्र, संघीयता र राजतन्त्रबारे ओलीले के भने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासमा वाधा नदिएको बताएका छन्। दरबारमार्गमा आयोजना गरिएको सभामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कसैले तलमाथि गर्छु भन्ने नसोच्च चेतावनी दिए।

नारायणहिटी अगाडि प्रधानमन्त्रीको सभा (फोटो फिचर)

नेकपा ओली समूहले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा गरेको छ। शुक्रबार ओली समूहले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि सभा गरेको हो।

प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद विघटन हुन्छ : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सकिने बताएका छन्।

प्रधानमन्त्रीको प्रश्न : साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? भन्दै प्रचण्ड-माधव समूहलाई प्रश्न गरेका छन्। नारायणहिटी दरबार अगाडि आयोजना गरेको सभामा बोल्दै ओलीले भने, 'त्यो भनेको चिकन चिल्ली खान्छु भनेको हो ?' उनीहरुले नरभक्षी आन्दोलन गर्छु भनेको बताउँदै ओलीले अब नेपालमा हिँसा कसैले मच्चाउन नसक्ने बताए।

प्रचण्ड प्रवृत्तिसँग कुण्ठामा बाँच्न रुचाउने माधव नेपाल प्रवृत्ति मिसियो : ईश्वर पोखरेल

नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डले अरुको मृत्युमा जीवन देख्ने आरोप लगाएका छन्।

ओली समूहले आज नारायणहिटी दरबार अगाडि आमसभा गर्दै

नेकपा ओली समूहले आज (शुक्रबार) नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ। आमसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डिभाइडर हटाइएको छ भने यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न भनिएको छ।

सरकारको भण्डाफोर गर्न थलहमा कांग्रेसको आमसभा, गगन थापाले सम्बोधन गर्ने

नेपाली काँग्रेसको गाउँ जागरण कार्यक्रम अन्तर्गत वैशाख ११ गते जाजरकोटको थलह बजारमा आयोजना हुने आमसभालाई कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले सम्बोधन गर्ने भएका छन्।

‘मधेसलाई पानी चाहिएको छ, तर प्रधानमन्त्री पानीजहाज मात्र भन्छन्’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सर्लाहीले मलंगवामा आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन्। ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई पानीजहाज चाहिएको छ।’

धर्मनिरपेक्ष विदेशीको इसारामा आएको हो : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीको इसारामा नेपालाई धर्मनिरपेक्ष राष्ट्र कायम गरिएको आरोप लगाएका छन्। हिन्दुराष्ट्र कायम गराउन दबाब दिने बेला आएको पनि उनले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्