१९ वैशाख २०८१ बुधबार
image/svg+xml

श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार जरुरी छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद् हटाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुहुन्छः डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन्।

रारा क्षेत्रको पर्यटन पूर्वाधारमा सरकारले जोड दिन्छः प्रधानमन्त्री

तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै उनले पर्यटन प्रवर्द्धधनका लागि सरकारको सहयोग रहने बताए।

राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका छन्।

श्रमिकको अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन्।

नेपालले मानव जीवनयापनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छः उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले नेपालले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदरको न्यूनीकरण, औसत आयुमा वृद्धि गर्न सफलता हासिल गरेको बताएका छन्।

रामेछापमा पहिलो पटक जुनारमा ‘ट्याग’

जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ।

लाइसेन्स प्रकरणमा सिआइबी छानबिन : पक्राउ कर्मचारीलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाब

नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रकरणमा पक्राउ परेका कर्मचारीहरूलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाब दिइएको छ।

वैदेशिक लगानी गरेका कम्पनीले लाभांश फिर्ता लगेकाले नेपालमा लगानीको वातावरण प्रष्ट छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा वैदेशिक लगानी गरेका कम्पनीहरु नाफामुखी दिएको बताएका छन्। उनले आइतबार नेपाल लगानी सम्मेलन–२०२४ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन।

६ अर्ब कमका लगानी उद्योग विभाग र योभन्दा बढी लगानी बोर्डले अनुमोदन र व्यवस्थापन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तराष्ट्रिय निजी लगानीको प्रवाहलाई सहज बनाउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानी अनुमोदन गर्ने र लगानी बोर्डले ६ अर्ब रुपैयाँ भन्दा बढीको लगानी वा २ सय मेगावाट भन्दा बढी उर्जा आयोजनाहरु व्यवस्थापन गर्ने बताएका छन्।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरु छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरु रहेको औल्याएका छन्।

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण अझ बढाउनेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एवं सबै ‘एफडीआई’बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउने विश्वास व्यक्त गरेका छन्।

लगानी सम्मेलनप्रति गहिरो आशा र विश्वास छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एक प्रमुख लगानी गन्तव्यको रुपमा उदाइरहेको र यसले विश्वभरका लगानीकर्ताहरूका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने भन्दै लगानी सम्मेलनेप्रति आफ्नो गहिरो आशा र विश्वास रहेको बताएका छन्।

यस्ताे छ लगानी सम्मेलनको कार्यतालीका

आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्र सञ्चालन हुँदैछन्।

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलनकाे उद्घाटन

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्