१६ वैशाख २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी, सबैभन्दा बढी फुङलिङमा

ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।

क्षयरोगी मृत्युदर र संक्रमणमा वृद्धि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्।

जहाँ गरिवी, त्यहाँ क्षयरोगी

नेपालमा कुल जनसंख्याको ५० प्रतिशत मानिसमा क्षयरोेगको कीटाणु शरिरमा प्रवेश गरेको आंकलन छ। धेरै जसो विपन्न परिवारमा बढी मात्रामा क्षयरोग देखिने गरेको चिकित्सकले औंल्याएका छन्।

नेपालमा क्षयरोगीको उच्च भार, उन्मूलनमा चुनौतीका चाङ

सरकारले सन् २०५० भित्रमा नेपालबाट क्षयरोग उन्मूलन गर्ने भने पनि चुनौती नै चुनौती रहेको विज्ञहरूले औंल्याएका छन्। शुक्रबार राजधानीमा आयोजित ‘सूर्तिजन्य पदार्थ प्रयोग अन्त्य, क्षयरोगको अन्त्य’विषयक कार्यक्रममा उपस्थित विज्ञहरूले यस्तो जानकारी दिएका हुन्।

बागलुङमै परीक्षण र उपचारपछि क्षयरोगीलाई सहज

बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ।

म्याग्दीमा क्षयरोगीको संख्या ३४

म्याग्दीमा ३४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकामध्ये चालु आवको ८ महिनामा एक बालकसहित ३४ जना नयाँ बिरामी फेला परेका हुन्।

कपिलवस्तुमा मात्रै ४३१

कपिलवस्तुमा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा ४३१ जना नयाँ क्षयरोगी फेला परेका छन्।

विश्व क्षयरोग दिवस: हिजोका क्षयरोगी आजका अभियन्ता

हेटौडा उपमहानगरपालिका वडा ४ खोपे गल्लीकी विनिका भन्छिन्, ‘त्यतिबेलाको दुःख सम्झँदा अहिले पनि मन पोल्छ।’

क्षयरोगीमा गम्भीर बन्दै औषधि प्रतिरोध समस्या

क्षयरोगीमा देखिएको औषधि प्रतिरोधी समस्याले नेपालमा हरेक वर्ष १७ हजार जनाको मृत्यु हुने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ।

मसुरिया क्षेत्रमा क्षयरोगी बढ्दै

मसुरिया स्वास्थ्य चौकीले १२ जना नयाँ क्षयरोगीको वार्षिक उपचार गर्ने लक्ष्य राखेकोमा करिब तीन गुणा बढी (३१ जना) नयाँ बिरामीको उपचार गर्नु परेको छ।

कपिलवस्तुमा एचआईभी संक्रमित र क्षयरोगीलाई घरघरमै औषधि

लकडाउनका कारण सरकारी स्वास्थ्य संस्थामा आउन कठिनाई भए पछि जिल्ला स्वास्थय कार्यालयले एचआईभी संक्रमित र क्षयरोगीका बिरामीलाई घरमै औषधि पुर्‍याउने छ। लकडाउनले मारमा परे पछि एचआईभि संक्रमति र क्षयरोगीका बिरामीलाई औषधि सेवाबाट बञ्चित नहुन घरमै औषधि पुर्याईएको हो।

औषधि अभावले क्षयरोगी समस्यामा

सरकारले सित्तैमा औषधि दिने भने पनि केन्द्रले औषधि दिन नसक्दा ज्यानै जाने हो कि भन्ने डर भएको बिरामीको भनाइ छ।

म्याग्दीमा ४३ नयाँ क्षयरोगी भेटिए

म्याग्दीमा यस वर्ष ४३ नयाँ क्षयरोगी फेला परेका छन् । क्षयरोगीको पहिचान गर्ने क्रममा जिल्लाका छ स्थानीय तहमा गत वर्ष साउनदेखि यसवर्ष वैशाखसम्म ४३ नयाँ भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

नेपालमा प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी

नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले तथ्यांक सार्वजनिक गरेको छ। क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजना गरिएको २ दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्