२३ वैशाख २०८१ आइतबार
image/svg+xml

विदेशी पर्यटक आगमन: दुई अंकको आगमन चारवर्षमै लाख कट्यो

पर्यटन मन्त्रालयले राखेको तथ्यांक अनुसार सन् १९९५ पछि सबैभन्दा कम विदेशी पाहुना भित्रिएको महिना हो २०२० को अप्रिल। त्यो महिना नेपालमा जम्मा १४ जना विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएको तथ्यांक छ। त्यसपछिका अरु पाँच महिनासम्मको तथ्यांकमा नेपालमा विदेशी पर्यटक भित्रिएको संख्या तीन अंकभित्रै सीमित थियो। तर पछिल्लो समय नेपालको पर्यटक आगमन २०१९ को महिनालाई उछिन्दै उकालो लाग्न थालेको छ। चारवर्ष अवधिमा दुइ अंकको आगमन बढेर एकलाख कटिसकेको छ।

विदेशी पर्यटक आगमन उकासिँदै, अप्रिलमा १ लाख ११ हजार पाहुना भित्रिए

सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक भित्रिएका छन। ती सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन।

गिडिदहको नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक

जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।

तुवाँलोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेन, पर्यटकहरू अझै जहाज उड्ने पखाईमा

बाक्लो तुवाँलोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। तरपनि पर्यटकहरु जहाज कुरेर विमानस्थलमै बसिरहेका छन्।

विमानस्थल नचल्दा होटल व्यवसायी चिन्तित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले भैरहवाका पर्यटन व्यवसायीमा जति खुसी छाएको थियो अहिले विमानस्थल सञ्चालनमा नआउँदा त्यति नै निराशा छाएको छ।

पर्यटकको ‘ट्रान्जिट’ बन्दै पोखरा

केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे।

लेक लागेर बिरामी परेका चार विदेशी पर्यटकको उद्धार

विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ।

घोडेपानी-पुनहिल : पर्यटकको रोजाइमा पर्दै

विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन्।

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन्।

राैतापाेखरीमा खुल्दै छन् होमस्टे

नयाँ वर्ष ०८१ मा आन्तरिक पर्यटक बढेसँगै प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा सुरक्षित आवासको खाँचो छ।

८ करोड पेश्की लिएर ठेकेदार सम्पर्कबिहीन, पूरा हुन सकेन रारा पदमार्ग

नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिएको काम लापरवाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको हो।

जङ्गलको बीचमा कुपिन्डे ताल, गर्मी छल्न उपयुक्त गन्तव्य

सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका-८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ।

पर्यटकको पर्खाइमा आकर्षक गन्तव्य मुठाचौर

तमानखोला गाउँपालिका २ स्थित मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो। पर्यटकीय क्षेत्र बराह ताल नजिकै रहेको मुठाचौरमा अघिल्लो वर्षमात्रै मोटरबाटो पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्