१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भेरी अस्पतालमा उपचार गराइरहेका संक्रमित भन्छन्ः सेतो कपडा लगाएका मान्छे कोठामा छिर्ने बित्तिकै मुटु काँप्छ

नेपालगन्ज–२ घरबारी टोलका ब्यापारी हिमलाल न्यौपाने र उनकी श्रीमती दुर्गादेवी विगत चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना छन् । उक्त वार्डको ४५ नम्बर बेडमा यि दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन् । हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ । श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ । हिमलालाई भने छाती दुख्ने समस्या छ ।

सर्वसाधारणदेखि उच्च अधिकारीसम्म संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोनो उपचारको व्यवस्थापनको लागि उपत्यकामा थप तीन वटा अस्पताललाई कोभिड अस्पताल बनाएको छ ।

संक्रमित थुनुवा कोरोना अस्पतालबाट भागे

कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पतालअन्तर्गतको गण्डक बहुअरीस्थित अस्थायी कोभिड विषेश अस्पताल वीरगन्ज हेल्थकेयर अस्पतालमा भर्ना रहेका दुईजना थुनुवा त्यहाँबाट भागेका छन्। दुई तल्लाबाट पछाडिको पोखरीमा हामफालेर उनीहरू फरार भएका हुनसक्ने आँकलन गरिएको छ। राति २ बजे समयतालिका अनुसार बिरामी हेर्न गएका स्वास्थ्यकर्मीले २ जना त्यहाँ नरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

३१ हजार नाघे संक्रमित, मृतकको संख्या १ सय ४६

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ। पछिल्लो चौबिस घण्टामा मात्र ९ जनाले भाइरसका कारण ज्यान गुमाएका छन्। मृत्यु हुनेमा सुनसरीका ६ वर्षीय बालक तथा ६७ वर्षीय पुरुष छन्।

बर्दियामा ९ संक्रमित थपिए

स्वाब परीक्षणको सोमबार आएको नतिजामा जिल्लामा ९ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले स्वाव संकलन गरेर पठाएको नतिजामा ९ जना थपिएका हुन । ठाकुरबाबाका चार ,बारबर्दिया १ ,गुलरिया नगरपालिका २ र बारबर्दियाका १ जना गरी ९जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका कृष्ण गोपाल चौधरीले जानकारी दिए ।

प्रदेश २ : १९४ जना नयाँ संक्रमित थपिए

सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार सबैभन्दा बढी ४८ जना संक्रमित पर्सा जिल्लामा थपिएका छन् । यससँगै पर्सामा कूल संक्रमित संख्या १ हजार २ सय २६ पुगेको छ । धनुषामा जनप्रतिनिधि, बैंक कर्मचारी, प्रहरीसहित ३२ जना संक्रमित थपिएका छन् । धनुषामा कूल संक्रमितको संख्या १ हजार २२ पुगेको छ ।

बुटवल कोरोना अस्पतालमा उपचाररत कोराना संक्रमितको मृत्यु

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत कपिलबस्तुका एक ४० बर्षिय कोरोना संक्रमित पुरूषको शनिबार मृत्यु भएको छ। कपिलबस्तु मायादेवि गाउँपालिका ७ का का पुरूषलाई २९ गते उपचारका लागि बुटवल ल्याइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्