१६ वैशाख २०८१ आइतबार
image/svg+xml

काठमाडौं महानगर अगाडि 'इनफ इज इनफ' अभियानको प्रदर्शन (फोटोफिचर)

काठमाडौं महानगरपालिका अगाडि इनफ इज इनफ अभियानको प्रदर्शन गरेको छ। आइतबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि अभियानले प्रदर्शन गरेको हो।

‘इनफ इज इनफ’ अभियानमा कांग्रेसको ऐक्यबद्धता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूले सतप्रतिशत पिसिआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्नेलगायतका मागसहित अनशनमा बसेका ‘इनअफ इज इनअफ’ अभियान्ताको मागप्रति ऐक्यबद्धता जनाएका छन्। सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै असार २३ गतेदेखि वसन्तपुरमा अनशनमा बसेका युवाको अभियानमा कांग्रेस शीर्ष नेताले समर्थन जनाएका हुन्।

१५ दिनदेखि अनशन, सुन्दैन सरकार

सरकारलाई दायित्वबोध गराउन जोसिला युवा वसन्तपुरको डबलीमा लडेको १५ दिन बित्यो । आफ्ना नागरिकको हितका लागि झिनो रेखदेख गर्न नसकिरहेको राज्यले ती युवाको चित्कार पनि सुन्न सकिरहेको छैन । सरकारले बेवास्ता गरेपछि अनशनरत युवाको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।

'इनफ इज इनफ'का अभियन्तामाथि प्रहरी धरपकड, दुई दर्जन बढी पक्राउ(फाेटाे फिचर)

कोरोना रोकथाममा सरकारले लापरबाही गरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटरअघि शान्तिपूर्ण प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। कति जनालाई प्रहरीले नियन्त्रणमा लियो भन्ने यकिन भैसकेको छैन। पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै प्रदर्शैन गरिरहेका इनफ इज इनफ अभियानका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो।

महेन्द्र पुलिस क्लब अगाडि ‘इनफ इज इनफ’ का अभियन्ता हरु धर्नामा

गृहमन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडि धर्ना दिएका छन। सूचनाको हकको निवेदन दर्ता गर्न गृहमन्त्रालय प्रवेश गर्न खोजेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा उनीहरुले धर्ना दिएका हुन्।

माग पूरा नभएसम्म अनशन नतोड्ने

कोभिड–१९ नियन्त्रणमा सरकारको जिम्मेवारीमाथि प्रश्न उठाउँदै ‘इनफ इज इनफ’ अभियानको नेतृत्व गरिरहेका अभियन्ता ईशान (ईः) दोस्रोपटक अनशन बसेको १० दिन पुगेको छ। अघिल्लो अनशन तोड्ने बेलामा गरेका सम्झौता सरकारले पूरा नगरेपछि ईःले फेरि अनशन सुरु गरेका थिए। तर, दोस्रो अनशन बसेको १० दिन बित्दा पनि सरकारले माग पूरा गर्नेतर्फ चासो नदिएपछि अनशनरत ईः र समाइरा श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्