१६ वैशाख २०८१ आइतबार
image/svg+xml

कागजका नाग टाँसिँदै, साँच्चीकैका मासिँदै

आज नागपञ्चमी पर्व भएकाले घरका ढोकामा नागका तस्बिर टाँसेर पूजा गर्ने प्रचलन छ। प्रकृतिको संरक्षणमा अतुलनीय योगदान दिँदै आएको यो जीव यथार्थतामा भने जीवन–मरणको संकटमा छ।

धापाखेलमा नागपञ्चमी मेला

नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए। कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्थानमा मेला लागेको थिएन।

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।

नागपञ्चमी

प्राकृतिक प्रकोपलाई मथ्थर बनाउनको लागि गन्थन मन्थन गर्ने क्रममा यसबाट उन्मुक्तिको उपाय पनि खोज्छन्। विभिन्न देवी देवता, नदी नाला, रुखविरुवालाई सदियौंदेखि पुज्दै आएको परम्परा लामो छ। भयको भावनाले गर्दा मानिहरु प्राकृतिक प्रकोपको प्रहार कम गर्नका लागि पूजाआजा गर्दा आएको कुरो स्वयंसिद्ध छ।

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा

नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो। नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी दिए। कोरोना जोखिम हुनुअघि श्रावण शुक्ल चौथीदेखि षष्ठीसम्म तीन दिन मेला लाग्ने गरेकामा कोरोनाबाट बच्न बिहान नित्य पूजा गरेर बन्द गरिएको हो।

आज नागपञ्चमी : सर्पले डसिहालेमा के गर्ने, के नगर्ने ? (भिडियो जानकारी)

विज्ञका अनुसार यो वर्षाका बेला सर्पले डस्ने जोखिम बढी हुन्छ । विषालु सर्पले डस्यो र बेलैमा उपचार हुन सकेन भने मानिसको ज्यानै जान्छ, हरेक वर्ष गइरहेको पनि छ ।

आज नागपञ्चमीः घरको ढोकामा नागको तस्बीर, नाग पोखरीमा बाहिरैबाट पूजा (फोटो फिचर)

आज श्रावण शुक्ल पञ्चमी सनातन हिन्दुहरूले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाउँदैछन्। हिन्दु धर्मावलम्बीले आफ्नो घरको ढोकामा नागको तस्बिर टासेर नाग पन्चमी मनाएका छन्। आफ्नो घरलाई विभिन्न समस्या , दैबी प्रकोप इत्यादी बाट बचाउन नागको पुजा गरिन्छ।

नागपञ्चमी नालिबेली

नागपूजाका लागि नागपञ्चमीको दिन बिहानै उठी स्नान गरिन्छ । त्यसपछि दियो, कलश र गणेशको पूजा गरी दूध, दही, घिउ, चिनी, मह (पञ्चामृत), अघ्र्य, चन्दन, अक्षता, तिलजौ, फूल, दूबो आदिले नागको पूजा गरी दूध र लावाको नैवेद्य चढाइन्छ । केरा वा कुनै पनि वनस्पतिका पातमा गोबरको नाग बनाई पूजाआजा गर्ने विधान पनि छ ।

सर्पलाई बचाउँ, सर्पबाट बचौं अभियान सुरु

वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको अभियानकर्मीले चिन्ता व्यक्त गरेका छन्।

आज नागपञ्चमी, मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइँदै

नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि अर्थात षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन० गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

जनैपूर्णिमा र नागपञ्चमी किन एकै दिन?

प्रत्येक वेदपाठी र अन्य साधक वा याज्ञिकमा वर्ष दिनभरि रहेको दुष्कर्म, दुराचार, दुर्व्यवहार र दुष्परिणामको निराकरणका साथै वेदमन्त्रको पुनःताजगीकरण, प्रभावकारिता, शक्तिसम्पन्नता र सामर्थ्यशीलताका लागि गरिने गणस्नान, ऋषिपूजन, ऋषितर्पणी, उत्सर्जन, उपाकर्म, नवीन यज्ञोपवीताभिमन्त्रण, धारण र रक्षाबन्धन गर्ने कृत्यलाई जनैपूर्णिमाको कर्तव्य कर्म मानिन्छ।

२७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकसाथ मनाइँदै (भिडियाे)

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ। आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्