२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
हेमराज भट्टराई ‘शास्त्री’


हेमराज भट्टराई ‘शास्त्री’का लेखहरु :

शास्त्रीय मान्यतामा नयाँ वर्ष

शास्त्रमा नवग्रहमध्ये सूर्य, चन्द्र र बृहस्पति ग्रहलाई महŒवपूर्ण ग्रहका रूपमा लिइएको छ। सौर्य मासमा सूर्यलाई र चान्द्र मासमा चन्द्रमालाई आधार मानिएको छ।

बिहान ११:२९ मा घटस्थापना भित्र्याउने उत्तम साइत

सनातन हिन्दु धार्मिक परम्पराअनुसार आइतबारदेखि शारदीय नवरात्र सुरु हुँदै छ । शारदीय नवरात्रलाई नौरथा, नवरात्र वा बडादसैं पनि भनिन्छ ।

घरघरमा नाग टाँसी मनाइँदै नागपञ्चमी

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नेपाल, भारतलगायत विश्वभरि छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर र कतिपयले नागको स्तोत्र पाठ गरी विधिपूर्वक पूजा गर्ने गर्दछन्।

गुरुपूर्णिमा र गुरुको कृपा

गुरुबाट ती सबै कुरा प्राप्त गर्न शिष्य पनि असल हुनुपर्छ, सत्पात्र हुनुपर्छ नभए कुपात्रमा परेको अमृत पनि विष बन्छ भनेर त शास्त्रले नै उल्लेख गरेको छ। शिष्यमा ज्ञानको भारी बोक्ने क्षमतादेखि अनुशासनका साथै गुरुसेवा वा गुरुलाई खुसी पार्ने आचरण र व्यवहारको पनि उत्तिकै आवश्यकता पर्दछ।

आज मकर संक्रान्ति

यस दिन घिउ, चाकु, तिलका परिकार, तरुल तथा खिचडी आदि परिकार बनाएर खाने चलन पनि छ। यी खानाले त्रिदोष (आयुर्वेदका अनुसार वात, पित्त र कफ) नाश हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घिउ, चाकु, तिलका परिकार, खिचडीआदि नखाने, दान नगर्ने, जलाशयमा गई स्नानदान नगर्ने, भगवान्को ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।

कथ्यमा नयाँ आयाम ‘आदिबिम्ब’

‘आदिबिम्ब’ विशेष जातिको अनुसन्धान गर्दै लेखिएको कथा साहित्यको एक उत्कृष्ट नमुना हो। यस कथासंग्रहमा समावेश गरिएका सबै कथामा अनुसन्धान गरी साहित्यिक कृतित्व रच्ने जमर्को गरिएको छ।

शक्ति साधनाको पर्व नवरात्र

प्राचीनकालदेखि नै सनातन धर्ममा गाणपत्य, शैव, वैष्णव, शाक्त र सौर गरी पाँच सम्प्रदाय प्रचलनमा छन्। तिनै सम्प्रदायमध्ये शाक्त सम्प्रदायअन्तर्गत आदि शक्तिको पूजाआराधना र साधना गर्ने महान् पर्व हो शारदीय नवरात्र।

बडादसैं सुरु घटस्थापना गरी जमरा राखिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु भएको छ।

धार्मिक तथा सामाजिक महत्त्वको पर्व तीज

विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले चार दिनसम्म मनाउने महत्त्वपूर्ण पर्व हो, हरितालिका तीज। आउँदो सोमबारदेखि सुरु हुँदै छ।

आज कुसे औंसी पितासम्मान दिवस मनाइँदै

अथर्व वेद, शिवपुराण, गरुडपुराण, विष्णुपुराण, श्रीमद्भागवत महापुराणलगायत शास्त्रमा कुशको उल्लेख पाइन्छ। यस दिन राखिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ।

आज जन्माष्टमी पर्व मनाइँदै

हिन्दु धर्मशास्त्रअनुसार आज (शुक्रबार) आराध्य देव श्रीकृष्ण भगवान्को पूजा-आराधना गरी ‘जन्माष्टमी’ पर्व मनाइँदै छ।

आज जनै पूर्णिमा

वैदिक मान्यताअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ पनि भनिन्छ। वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागोलाई ‘ब्रह्मसूत्र’का रूपमा बुझिन्छ। जनैका शिखाहरूमध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्कोका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ। सो दिन मन्त्रिएका जनै वर्षभरि गरिने धार्मिक कार्यमा लगाउने र पितृपूजा तथा देवपूजनमा चढाउने गरिन्छ। हिन्दु परम्परामा जनैबिना कुनै पनि धार्मिक कार्य सम्पन्न नहुने बताइएको छ।

आदिशक्तिमा नारी शक्ति

देवी शक्तिको रूपमा होस् या नारी शक्तिको रूपमा या मातृशक्ति, सृष्टिकी जननीका रूपमा नारी सधैं अग्रस्थानमा छन्। तैपनि हामीले नारीलाई सधैं त्यो दर्जा, त्यो सम्मान दिन सकेका छैनौं।

आज हरितालिका तिज

तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन्।

आज नागपञ्चमी

नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्