१६ वैशाख २०८१ आइतबार
image/svg+xml

तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका– १ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बल्ल तानिए विशाल पण्डित

लामो समयदेखि विभिन्न सरकारी निकाय चिकित्सा (मेडिकल) उपकरण आपूर्ति गर्दै आएका विशाल पण्डितको एकाधिकार (सिन्डिकेट) तोडिने अवस्थामा पुगेको छ।

सानालाई ऐन ठूलालाई चैन

भ्रष्टाचार अभियोगमा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकप्रसाद गुरुङको निलम्बन फुकुवाले मुलुकमा न्यायाधीशको बोलीको भरमा न्याय हुने गरेको पुष्टि भएको छ।

खैरहनी नगरपालिका कर्मचारी विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रअ र विद्यालय व्यवस्थापन समिति सर्वोच्चमा

महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको प्रअ नियुक्ति गर्ने अधिकार हनन गरेको भन्दै विद्यालय व्यवस्थापन महासंघ र प्रअहरूले महानगरको प्रअ नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

भ्रष्टाचार मुद्दा दायर

रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र राजस्व अधिकृतविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ।

घुस लिएको अभियोगमा नगराइन नगरपालिका दुई जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्र विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सात जनाविरुद्ध भष्टाचार मुद्दा

सोरु गाउँपालिका वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागि सिफारिस गरी गलत प्रतिवेदन गरेको पाइएको छ।

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यादव पक्षले ठाकुरविरुद्ध किर्तेमा मुद्दा दायर गर्ने

जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दे उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवासायीहरूले अदालतमा किर्ते र जालसाजीको मुद्दा दायर गर्ने जनाएका छन्।

अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

अस्पतालमै कार्यरत चिकित्सकको उपचारमा लापरबाहीका कारण ज्यान गएपछि पीडित परिवारले क्षतिपूर्ति माग दाबीसहित भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ।

राजस्व छलीमा साढे ६ अर्बको मुद्दा

राजस्व छली गर्नेविरुद्ध एकै दिन साढे ६ अर्ब रुपैयाँको मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले भन्सार छली र नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरेर राजस्व छल्नेविरुद्ध बुधबार ६ अर्ब ६० करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्