१६ वैशाख २०८१ आइतबार
image/svg+xml

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आगामी आइतवारदेखि सुरु हुने

१५ दिवसीय माध्यमिकी परिक्रमा आगामी आइतवार (फागुन २७ गते) देखि धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट किशोरीजीको डोलासहित सुरु हुनेछ।

समाजलाई जगाउने चरीमाई उपन्यास

मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिंदै छु भन्ने जानकारी हुँदैन। लिंगको आधारमा नभई बालबालिका, महिला र पुरुष सबै बेचिएका छन्। सबैलाई बेच्ने गिरोह दलालले अनेक लालच र प्रलोभन देखाएका छन्। मानव बेचबिखनविरुद्ध अभियानको मुख्य चुनौतीका रुपमा आधुनिकीकरणसँगै मानव बेच्ने स्वरूपहरू बदलिएका छन्।

लगानी गर्न हच्किए बैंक, थुप्रियो ५६ सय अर्ब

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल ह्याचरी व्यवसायी हुन्। यतिखेर उनी थप लगानी गरेर व्यवसाय विस्तार गर्ने मनस्थितिमा छैनन्। बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा अहिले लगानी गर्ने वातावरण नभएको उनी बताउँछन्। ‘अहिले बैंक उद्योगीसँग र उद्योगी बैंकसँग डराएको अवस्था छ।

चल्लाले मूल्य नपाउँदा चलेन उद्योग

कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन्। लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन्।

बेसीशहरमा चरी बाघ फेला !

बेसीशहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।

नक्कली सर्टिफिकेट प्रयोग गरेको आरोपमा ख्रीस्टियन धर्मगुरु गहतराज पक्राउ

ख्रीस्टियन धर्मगुरु नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा पक्राउ परेका छन्। ख्रीस्टियन महासङ्घले निलम्बन गरिसकेका चरीबहादुर (सिबी) गहतराज पक्राउ परेका हुन्।

आज ओली–प्रसाईं आमनेसामने:प्रदर्शनमा घुसपैठ हुन सक्ने प्रहरीको आशंका

सुरक्षा निकायले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको आजको कार्यक्रम स्वयं उनकै नियन्त्रणमा नहुने आँकलन गरेका छन्।

गायक सुनिल दवाडी र विशाखा शाहीको ‘गुँडैले चरी’ सार्वजनिक

डीपी खनालको शब्द तथा सुनिल दवाडीको सङ्गीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

मुसहर र भूमिको शत्रुता

आफ्नो देशलाई माया ममता गरेर नदीमा आधारित कर्ममार्फत जीविका चलाउँदै कैयन् पुस्ता बिते पनि आफ्नो स्वामित्वमा किन जमिन हुन सकेन भन्ने यो समुदायको प्रश्न आजपर्यन्त अनुत्तरित छ।

एशियन गेम्सको लागि आर्चरीका खेलाडी छनोट

चीनको हाङझाउमा हुने १९ औं एशियन गेम्सको लागि आर्चरीबाट चारजना खेलाडी छनोट भएका छन। पोखरा रंगशालामा शनिबार भएको अन्तिम छनोट प्रतिस्पर्धामा चारजना खेलाडी छनोट गरिएको नेपाल आर्चरी संघमा बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए।

पोखरा उपत्यकामा नयाँ प्रजातिको चरा भेटियो

पोखरा उपत्यकामा नयाँ प्रजातिको चरा भेटिएको छ। उच्च भेगमा मात्र बसोबास गर्ने अल्ताई लेकचरी पोखरा उपत्यकामा पहिलो पटक फेला परेको हो। पोखरामा यो प्रजातिको चरा पहिलो पटक फेला परेको चराका जानकारहरुले बताएका छन्।

अमृतपाल अन्तरदेशीय अपराधी कि आतंकवादी भन्नेमा अन्योल

भारतीय सरकारले अमृतपाल सिंह नेपाल आउन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेसँगै सुरक्षा निकायभित्र उनलाई हेर्ने दृष्टिमा फरक धारणा आएको छ।

खुल्ला आर्चरी प्रतियोगिता: रिकर्भमा बाग्लुङका दुर्गा र कास्कीकी केशरी च्याम्पियन

गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको रिकर्भ (७०मिटर) पुरुष तर्फको उपाधि बाग्लुङका दुर्गा घर्तीमगरले जितेका छन्। पोखरा रंगशाला आर्चरी मैदानमा भएको फाईनल प्रतिस्पर्धामा बाग्लुङका घर्तीमगरले आफनै जिल्लाका खड्गबहादुर घर्तीमगरलाई पराजित गर्दै प्रदेश च्याम्पियन बनेका हुन्। फाईनल प्रतिस्पर्धामा दुर्गाले खड्गलाई ६–० स्कोरमा पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्