१५ वैशाख २०८१ शनिबार
image/svg+xml

शान्तिपूर्ण वातावरणमा मतदान जारी, किरियापुत्रीले गरे मतदान

इलाम क्षेत्र २ का सबै सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। भयरहित वातावरणमा निर्वाचन गराउनका लागि सुरक्षाकर्मी परिचालनसमेत गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन्।

आठ वर्षदेखि अस्पतालमै अजित मिजारको शव: ‘न्याय पाए छोराको किरिया गर्‍थ्यौँ’

काभ्रे पाँचखाल–७ होक्सेकी ४८ वर्षीया काली मिजारका करिब आठ वर्ष अस्पतालमा राखिएको छोराको शव सम्झिँदै बितेका छन्।

‘समृद्ध सुनसरी’ बारे के भन्छन् जनप्रतिनिधि ?

स्थानीय तहलाई माथि उठाउन सम्भावनाका पूर्वाधार सदुपयोग गरेर योजनाबद्ध रुपमा विकास निर्माणका काम भइरहेका छन्।

इलाममा किरियापुत्रीले गरे मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन्। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन्।

ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले बाँकेको कोहलपुर नगरपालिका–१५ स्थित शम्शेरगन्ज स्वास्थ्यचौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेड र श्रीपशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको किरियापुत्री भवनलाई ग्यासगिजर हस्तान्तरण गरेको छ।

बीस वर्षपछि काजकिरिया

मृतक श्रीरामका दाइ हरिश्चन्द्रका अनुसार यस बीचमा धार्मिक परम्पराअनुसार दाइको काजकिरिया गर्ने निर्णय भए पनि विभिन्न कारणले गर्न नसकिएको हुँदा अहिले आएर दाहसंस्कार र काजकिरिया गरिएको हो।

काजकिरियाको कर्म गराउन गएका पण्डितकै मृत्यु

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा कटहरेबाट काजकिरिया सम्बन्धी काम गराउन मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङ पुगेका एक पण्डितको मृत्यु भएको छ। मृत्यु हुनेमा हाङ्देवा कटहरेका हरिप्रसाद घिमिरे रहेका छन्।

कोरोनाबाट मृत्यु भएका परिवारलाई गाउँपालिकाले ५० हजार दिने

दैलेखको महाबु गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ दिएको छ। कोरोना संक्रमितको निःशुल्क उपचार पनि गर्दै आइरहेको गाउँपालिकाले मृत्यु भएका किरिया खर्चबापत नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

पत्रकार चौधरीको आश्रित परिवारलाई किरियाखर्च

दिवंगत पत्रकार तथा दुई संस्थाका लेखापाल मनोजकुमार चौधरीको किरियाखर्च भनी तीन संस्थाले आश्रित परिवारलाई सहयोग उपलब्ध गराएका छन् ।

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छन्।

पहिरोमा बेपत्ताका आफन्तले किरिया गर्न थाले

घुम्थाङ पहिरोमा बेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेपछि बेपत्ताका आफन्तले काजकिरिया गर्न थालेका छन् ।

किरिया, एकान्तवास अर्थात् ‘क्वारेन्टिन’

जब मानिस किरियापुत्री किरिया बसेजसरी सामाजिक दूरी कायम गरी १२–१५ दिन आइसोलेसनमा बस्छ, उसलाई संक्रमण भए÷नभएको थाह हुन्छ। हिन्दू धर्म–संस्कृतिको दाह–संस्कार र किरिया संस्कार यसर्थ महत्वपूर्ण ठहरेको देखियो।

क्वारेन्टिनमै किरियापुत्री

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमा किरियापुत्री बसेका छन् । बुवाको मृत्यु भएपछि उनी क्वारेन्टिनमै किरियामा बसेका हुन् । चार दिन अघि रतको दिल्लीबाट फेर्कर गाउँकै भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा किरिया बसिरहेका छन् ।

क्वारेन्टिनमै किरिया शुरु

दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन्। भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहेका छन्। उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टिनमै किरिया शुरु गरेका हुँन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनी दोगडाकेदार पुगेका थिए।

चार किरियापुत्रीसहित तीन सय ७८ जनाको उद्वार

बैतडीको झुलाघाट सीमानाकाबाट किरियापुत्रीसहित ३ सय ७८ जनाको उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित उनीहरुलाई शुक्रबार उद्धार गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्