१६ वैशाख २०८१ आइतबार
image/svg+xml

ह्याकबाट जोगिन सरकारको ‘साइबर सुरक्षा केन्द्र’

सरकारी कार्यालयहरूको वेबसाइट अनधिकृत पहुँचमा जान (ह्याक हुन) बाट जोगाउन तथा ह्याक भइसकेका वेबसाइटहरूको उद्धार गर्न यसै साता एउटा कार्यालय खुल्ने भएको छ।

नेपाल विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल

नेपाली ह्याकर टिम विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल भएको छ।साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्था ‘ह्याकरवन’ ले आयोजना गरेको यस प्रतियोगितामा नेपाली टोली दक्षिण एशीयामा भारत र पाकिस्तानी टिमलाई पराजित गर्दै अन्तिम दुईमा स्पेन सगं पराजित भएपछि विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल भएको हो ।

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरूका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ।

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन्।

‘नेपाली केटी’ एप प्रयोग गरि बैंक एकाउन्ट ह्याक गर्ने ८ जना पक्राउ

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।

फेसबुकमा सन्देश पठाउँदै पैसा माग्दै

कास्कीमा फेसवुक आईडी ह्याक गरेर ठगी गर्ने समस्या बढ्दो छ। कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले दैनिक ३–४ वटा ठगिका केस यस्तै प्रकृतिका रहेको बताए। उनका अनुसार साउनमा मात्र साईबर ठगीका २९ वटा उजुरी परेका छन्। गत वर्ष भने २ सय ९७ वटा यस्ता उजुरी परेका थिए।

मे महिनादेखि ओप्पोह्याक २०२२

मानिस र प्रविधिबीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेर ओप्पो र ह्याकहबको सहकार्यमा ओप्पोह्याक २०२२ आयोजना गरिने भएको छ।

भाइबरमा १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की पठाउने ह्याकरको खोजी हुँदै

भाइबरमा राष्ट्र बैंकसहित १५ बैंकको सिष्टम २४ घन्टाभित्र ह्याक गर्ने धम्की दिइएको थियो। नेपालको बैंक प्रणाली मजबुत रहेकोले ह्याक हुन नदिने र धम्की दिने पत्ता लगाएर कारबाही गरिने राष्ट्र बैंकले जनाएको छ।

फेसबुक ह्याक गरी ठगी गर्ने दुईजना पक्राउ

समस्याहरु देखाउँदै सापटीको रुपमा भनी मोवाईल बैङ्किङ मार्फत क्यु आर कोड र बैंक अकाउन्टमा नगद रकम जम्मा गर्न लगाई ठगी गरेको आरोपमा प्रदेश नं. १ को सुनसरी जिल्लाबाट दुई जनालाई पक्राउ गरी बुधबार रोल्पा ल्याइएको हो। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखीएको छ।

फेसबुक एकाउन्ट ह्याक गरी ठगी धन्दा

नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेमबहादुर बुढाको फेसबुक एकाउन्ट ह्याक गरी म्यासेन्जरबाट उनका साथीहरुसंग पैसा मागिएपछि प्रहरीमा उजुरी परेको छ।

कस्ले गर्‍यो दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक?

कलाकार दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ। ह्याकरले फेसबुक र इन्स्टाग्राम ह्याक गरेर म्यासेजमार्फत् पैसा मागेको बताईएको छ।

भारतका प्रधानमन्त्री मोदीको ट्विटर ह्याक गरी पैसा मागियाे

समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि जुलाईमा धेरै जना शीर्षस्थ व्यक्तिका ट्विटर ह्याक गरिएको थियो ।

ट्वीटर ह्याकिङ : विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए ।

गृह मन्त्रालयको एसएमएस सेवा ह्याक

गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवा ह्याक भएको छ । बुधबार दिउँसो ह्याकरहरुको समूहले अनधिकृत तवरले ह्याक गरी उक्त म्यासेज सर्भिसबाट गलत सुचना पठाइएको थियो । उक्त विषयमा गृहले बुधबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । गृहले यो विषय पूर्ण गलत रहेको स्पष्ट पारेको छ । बुधबार केही व्यक्तिको मोबाइलमा उक्त एसएमएस सर्भिसबाट म्यासेज पठाइएको थियो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्