२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेसबुक ह्याक गरी ठगी गर्ने दुईजना पक्राउ

पक्राउ परेका रितिककुमार कलवार र सुरेन्द्र चौधरी ।

सामाजिक संजाल फेसबुक ह्याक गरी विभिन्न व्यक्ति तथा आफन्तहरुलाई छलछाममा पारी ठगी गर्ने दुईजना पक्राउ परेका छन्। समस्याहरु देखाउँदै सापटीको रुपमा भनी मोवाईल बैङ्किङ मार्फत क्यु आर कोड र बैंक अकाउन्टमा नगद रकम जम्मा गर्न लगाई ठगी गरेको आरोपमा प्रदेश नं. १ को सुनसरी जिल्लाबाट दुई जनालाई पक्राउ गरी बुधबार रोल्पा ल्याइएको हो। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखीएको छ।  

पक्राउ पर्नेमा दुवही नगरपालिका वडा नं. ५, सुनसरीका २० वर्षीय रितिककुमार कलवार र ईटहरी उपमहानगरपालिका वडा नं. १२ खनारका २४ वर्षीय सुरेन्द्र चौधरी रहेका छन्। उनीहरुले केही दिन अघि पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढाको फेसबुक ह्याक गरी विभिन्न व्यक्तिसंग रकम माग गरेको आरोप लागेको छ।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको कार्य सुरु गरिएको छ। आरोपितहरुले गत साता पत्रकार खेम बुढाको म्यासेन्जर ह्याक गरी बिभिन्न ब्यक्तिबाट रकम जम्मा गर्न लगाएको उजुरी परेपछि प्रहरीले गहिरो अनुसन्धान सुरु गरेको थियो।

प्रकाशित: ६ जेष्ठ २०७८ ०८:४३ बिहीबार

सामाजिक संजाल फेसबुक ह्याक ठगी